कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ « Khabarhub

कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल–भेनेभुएला मैत्री सङ्घको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कुनै पनि देशले अरु देशको सार्वभौम सत्तामाथि हमला गर्न नहुने र आफूहरू पनि कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताएका हुन् ।

उनले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा नै सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । देशको स्वाधीनताका पक्षमा सँधै अडान दिने भन्दै त्यसलाई अन्य देशले अन्यथा लिन नहुने उनको भनाइ छ ।

उनले देशको भूराजनीतिक अवस्थाले उत्पन्न गरेको संवेदनशीलता र चूनौतिहरु धेरै भएकाले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने, पञ्चशिलको मान्यता र संयुक्त राष्ट्रसङ्घको वडापत्रलाई मूल आधार बनाएर अघि बढ्नुपर्ने बताए ।

त्यस्तै अन्य सहभागीहरूले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई थप प्रगाढ गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : २५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई