कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ « Khabarhub

कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल–भेनेभुएला मैत्री सङ्घको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कुनै पनि देशले अरु देशको सार्वभौम सत्तामाथि हमला गर्न नहुने र आफूहरू पनि कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताएका हुन् ।

उनले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा नै सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । देशको स्वाधीनताका पक्षमा सँधै अडान दिने भन्दै त्यसलाई अन्य देशले अन्यथा लिन नहुने उनको भनाइ छ ।

उनले देशको भूराजनीतिक अवस्थाले उत्पन्न गरेको संवेदनशीलता र चूनौतिहरु धेरै भएकाले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने, पञ्चशिलको मान्यता र संयुक्त राष्ट्रसङ्घको वडापत्रलाई मूल आधार बनाएर अघि बढ्नुपर्ने बताए ।

त्यस्तै अन्य सहभागीहरूले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई थप प्रगाढ गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार