कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ | Khabarhub Khabarhub

कुनै पनि देशमाथिको हस्तक्षेप चाहँदैनौँ : नारायणकाजी श्रेष्ठ


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल–भेनेभुएला मैत्री सङ्घको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कुनै पनि देशले अरु देशको सार्वभौम सत्तामाथि हमला गर्न नहुने र आफूहरू पनि कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताएका हुन् ।

उनले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा नै सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । देशको स्वाधीनताका पक्षमा सँधै अडान दिने भन्दै त्यसलाई अन्य देशले अन्यथा लिन नहुने उनको भनाइ छ ।

उनले देशको भूराजनीतिक अवस्थाले उत्पन्न गरेको संवेदनशीलता र चूनौतिहरु धेरै भएकाले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने, पञ्चशिलको मान्यता र संयुक्त राष्ट्रसङ्घको वडापत्रलाई मूल आधार बनाएर अघि बढ्नुपर्ने बताए ।

त्यस्तै अन्य सहभागीहरूले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई थप प्रगाढ गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : २५ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका