आज २०८१ साल कात्तिक २० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २० गते मंगलबारको राशिफल


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २० गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर ५ तारिख। कात्तिक शुक्ल पक्षको चौथी तिथि। मंगल चौथी। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज बन्नेछ। बिहान गणेशको पूजा गरेमा सोचेको काम बन्नेछ। उच्च कोणमा चन्द्रमा पुगेका छन्। सोचेको काम सार्थक बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

वृष : दिन राम्रो छ। रिसको व्यवस्थापन गर्नुपर्नेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। परिवारले उचित सल्लाह दिनेछन्। विदेशी रमझमले मन तान्नेछ।

मिथुन : दिन सहज छ। धनस्थानमा कर्कटका चन्द्रमा परेकाले मंगल चौथीको फल प्राप्त हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। वैदेशिक लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

कर्कट : मंगल चौथीको व्रत लिएमा दिन सहज बन्नेछ। शिक्षामा तपाईंको प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा हात लगाएको भए उन्नति हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको उचित सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

कन्या : तपाईंले गरेको दुःखको फल अर्काले खाने जोखिम छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ।

तुला : दाजुभाइको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। विदेशको रमझमले मन तान्नेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। मानसिक भन्दा पनि प्राकृतिक रुपले सबल बन्ने दिन छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। बौद्धिक क्षेत्रमा चालेको पाइला सफल बन्नेछ। साना मसिना कुरामा रिस उठ्ने भएकाले शान्त बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा तपाईंको प्रतिभाको कदर हुनेछ।

धनु : दिन सहज छ। आफन्तको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा भने खानपानमा समस्या हुने जोखिम देखिन्छ। साथीभाइको साथ मिल्नेछ।

मकर : चाडपर्वले तपाईंलाई ऋणको भारी बोकाउने छ। दिन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। आज तपाईंको उन्नति र प्रगति सार्वजनिक गर्ने हो।

कुम्भ : साना कुरामा रिस उठ्ने हुन्छ। रिस दबाउने कोशिस गर्नुपर्नेछ। लगानीको क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम समबन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। सोचेका काम बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। राजनीतिक संगठनमा तपाईंलाई अप्ठेरो पार्ने साथी सक्रिय छन्। प्रेम सम्बन्ध समधुर बन्नेछ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ५ : १२ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको