लामिछानेलाई कास्की अदालत लगियो, जिरो किलोमा समर्थकको सभा | Khabarhub Khabarhub

लामिछानेलाई कास्की अदालत लगियो, जिरो किलोमा समर्थकको सभा


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

पोखरा– सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई पुनः म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगिएको छ । 

लामिछानेलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको गाडीमा राखेर जिल्ला अदालत लगिएको हो ।

कास्की प्रहरीले अनुसन्धानका लागि आज तेस्रो पटक म्याद थपको अनुमति माग्दै छ । अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने सहकारीको रकम अपचलन र सङ्गठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ।

यसैबीच, रास्वपाले आज सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । रास्वपा नेता दीपक बोहराका अनुसार अहिले पोखराको जिरो किलोस्थित घन्टी घरमा रविका समर्थकले वृहत खबरदारी सभा गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरीले सो क्षेत्रलाई कडा रूपमा सुरक्षा निगरानी गरिरहेको छ। 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १० : ४१ बजे

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जाँदै

लुम्बिनी– यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

काठमाडौं– बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट

रविको ५ दिने ‘उधारो हिरासत’ म्याद थप हुँदा जोडिने 

काठमाडौं– कात्तिक २ गते शुक्रबार पार्टी कार्यालय चमतीबाट पक्राउ परेका

पर्वतमा बेमौसमी वर्षाले धानबालीमा क्षति

पर्वत– जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण

भारतीयमूलकी कमला : पुर्ख्यौली गाउँ थुलासेन्द्रापुरममा गरिँदैछ जितको कामना

नयाँदिल्ली- अमेरिकामा राष्ट्रपति चुनावका लागि मतदान सुरु हुन लाग्दैछ ।