रविको ५ दिने ‘उधारो हिरासत’ म्याद थप हुँदा जोडिने  « Khabarhub

रविको ५ दिने ‘उधारो हिरासत’ म्याद थप हुँदा जोडिने 


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कात्तिक २ गते शुक्रबार पार्टी कार्यालय चमतीबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तेस्रो पटक म्याद  थप्न अदालत उपस्थित गराइएको छ । 

उनलाई पहिलो पटक ४ गते सात दिनको म्याद लिएर कास्की जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिएको थियो । यस्तै कात्तिक ७ गते रविलाई थप सात दिनको म्याद थप गर्न दोस्रो पटक कास्की  जिल्ला अदालत उपस्थित गराइएको थियो । 

त्यसपछि ७ दिनको १५ गतेसम्मलाई म्याद थपिएको थियो । तर, उक्त दिन सार्वजनिक बिदा परेकाले उनलाई थप ५ दिन म्याद नथपी हिरासतमा राखेर आज  अदालत उपस्थित गराइएको हो । 

उनी १९ दिन हिरासतमा बसेका छन् । तर, सार्वजनिक बिदा काटेर उनको हिरासत बसाइ १४ दिन हुन आउँछ । 

अहिले ५ दिन थप हिरासतमा बसेको समय जोडिन्छ कि जोडिन्न भन्ने बहस भइरहेको छ । कास्की जिल्ला सरकारी वकिलका अनुसार उनको ५ दिने हिरासत बसाइ अब म्याद थप हुँदा जोडिने छ । 

‘५ दिनको थप हिरासत बसाइ अर्को म्याद थपिँदा जोडिन्छ । अब ७ दिनको म्याद थपिएर १२ दिन जोडिन सक्छ’ । ती वकिलले खबरहबसँग भने, ‘आज कति दिन थपिन्छ पुरानो बसाइसँग सबै जोडिन्छ ।’ 

कात्तिक २ गते रवि पक्राउ पर्दा पनि शुक्रबार परेकाले ३ गते शनिबारसहित जोडिएर ४ गते आइतबार सात दिनको म्याद राखिएको थियो । त्यसपछि सो म्याद ७ गते सकिएको हो । 

सहकारी ठगी र संगठित अपराधमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई  आज छठ पछिसम्मको म्याद थपेर बुटवल लाने तयारी गरेको छ । 

लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लाने तयारी गरेको हो । बुटवलको रूपन्देहीमा रहेको सुप्रिम सहकारीको रकम ठगीमा अनुसन्धान गर्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ०७ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव