रविको ५ दिने ‘उधारो हिरासत’ म्याद थप हुँदा जोडिने  « Khabarhub

रविको ५ दिने ‘उधारो हिरासत’ म्याद थप हुँदा जोडिने 


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कात्तिक २ गते शुक्रबार पार्टी कार्यालय चमतीबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तेस्रो पटक म्याद  थप्न अदालत उपस्थित गराइएको छ । 

उनलाई पहिलो पटक ४ गते सात दिनको म्याद लिएर कास्की जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिएको थियो । यस्तै कात्तिक ७ गते रविलाई थप सात दिनको म्याद थप गर्न दोस्रो पटक कास्की  जिल्ला अदालत उपस्थित गराइएको थियो । 

त्यसपछि ७ दिनको १५ गतेसम्मलाई म्याद थपिएको थियो । तर, उक्त दिन सार्वजनिक बिदा परेकाले उनलाई थप ५ दिन म्याद नथपी हिरासतमा राखेर आज  अदालत उपस्थित गराइएको हो । 

उनी १९ दिन हिरासतमा बसेका छन् । तर, सार्वजनिक बिदा काटेर उनको हिरासत बसाइ १४ दिन हुन आउँछ । 

अहिले ५ दिन थप हिरासतमा बसेको समय जोडिन्छ कि जोडिन्न भन्ने बहस भइरहेको छ । कास्की जिल्ला सरकारी वकिलका अनुसार उनको ५ दिने हिरासत बसाइ अब म्याद थप हुँदा जोडिने छ । 

‘५ दिनको थप हिरासत बसाइ अर्को म्याद थपिँदा जोडिन्छ । अब ७ दिनको म्याद थपिएर १२ दिन जोडिन सक्छ’ । ती वकिलले खबरहबसँग भने, ‘आज कति दिन थपिन्छ पुरानो बसाइसँग सबै जोडिन्छ ।’ 

कात्तिक २ गते रवि पक्राउ पर्दा पनि शुक्रबार परेकाले ३ गते शनिबारसहित जोडिएर ४ गते आइतबार सात दिनको म्याद राखिएको थियो । त्यसपछि सो म्याद ७ गते सकिएको हो । 

सहकारी ठगी र संगठित अपराधमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई  आज छठ पछिसम्मको म्याद थपेर बुटवल लाने तयारी गरेको छ । 

लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लाने तयारी गरेको हो । बुटवलको रूपन्देहीमा रहेको सुप्रिम सहकारीको रकम ठगीमा अनुसन्धान गर्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन