त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण « Khabarhub

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ – नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गरेका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई आज हस्तान्तरण गरिएको छ । 

विभागका प्रमुख कुन्दन अर्यालयलाई स्वर्गीय घिमिरेकी कान्छीबुहारी दुर्गा घिमिरेले उक्त यन्त्र हस्तान्तरण गरेका हुन् । पूर्वराज्यमन्त्री घिमिरेले २०१५ को आम निर्वाचनमा पर्चा, ‘पोस्टर’ छाप्न भारतको कोलकाताबाट खरिद गरी विराटनगरको रङ्गेली रोडमा पायोनियर प्रिन्टिङ प्रेस २०१४ स्थापना गरेको वरिष्ठ पत्रकार मोहन भण्डारीले बताए। 

त्यस अवसरमा आमसञ्चार विभाग प्रमुख अर्यालले यन्त्रका माध्यमबाट छापाखानाको इतिहासबारे ज्ञान प्राप्त गर्न विद्यार्थी तथा शोधकर्तालाई सहयोग पुग्ने बताए। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले उक्त यन्त्र छापा पत्रकारिताको जीवन्त इतिहास झल्काएको बताए। 

मावअधिकारीकर्मी सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्राध्यापक कृष्ण पोखरेल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामअवतार शरण, दिनेश श्रेष्ठलगायतले मुलुकको प्रमुख व्यापारिक केन्द्रमध्येको एक विराटनगरमा छापाखानाको विकासक्रमका साथै जटिल समयमा पर्चा, समाचारलगायत पाठ्यसामग्री छापेर छापा पत्रकारिताको विकासमा योगदान गरेको चर्चा गरे। 

राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य एवं न्यू सृष्टी दैनिकका प्रधान सम्पादक शंकर खरेलको पहलमा उक्त मुद्रणयन्त्र विश्वविद्यालयले प्राप्त गरेको आमसञ्चार विभागका  प्रमुख अर्यालले सोही अवसरमा जानकारी दिए।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  २ : २५ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी