डेंगुको प्रकोप बढ्दै, गण्डकीका ६ जिल्लामा उच्च जोखिम « Khabarhub

डेंगुको प्रकोप बढ्दै, गण्डकीका ६ जिल्लामा उच्च जोखिम


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेंगु सङ्क्रमणको प्रकोप बढ्दै जाँदा गण्डकीका ६ जिल्ला उच्च जोखिममा परेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको हो । पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र १३ हजार ८९८ जना सङ्क्रमित भेटिएका छन् । गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाको मृत्यु भइसकेको छ ।

प्रदेशभित्र सबैभन्दा धेरै प्रभावित जिल्लामा कास्की रहेको छ । प्रदेशमा ७ हजार १६१ सङ्क्रमित फेला परेका छन् । त्यसैगरी तनहुँमा २ हजार २२६ जना सङ्क्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार यसवर्ष २८ हजार २१२ सङ्क्रमित भएका भएका छन् ।

 यस्तै देशभर डेंगुबाट १२ जनाको मृत्यु भएको छ । 

काठमाडौं उपत्यकामा पनि सङ्क्रमणको दर उच्च रहेको छ । काठमाडौंमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ सङ्क्रमित भेटिएका छन् । त्यसैगरी पर्वतमा १ हजार ६७७ र चितवनमा १ हजार ९९ सङ्क्रमित पुष्टि भएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  २ : ४४ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा