पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलित « Khabarhub

पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलित


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पुग्नुका साथै शिक्षकहरू आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।

द डनले रिपोर्ट गरेअनुसार, श्रमिकका लागि न्यूनतम ज्याला समेत दिन नसकेकाले विद्यालयहरूले प्राथमिक तथा माध्यमिक शिक्षा फाउन्डेसनअन्तर्गत काम गरिरहेका छन् । 

विद्यालय शिक्षकको तलबको लागि दुई अर्ब रुपैयाँ आवश्यक रहेको जनाउदै फाउन्डेसनका लागि रकम जारी गर्न सरकार असमर्थ रहेको एण्ड एसइएफका एक वरिष्ठ अधिकारीले बताएका छन्।

एकजना शिक्षकले मार्चदेखि तलब नदिएकोमा दुःख व्यक्त गर्दै आफूसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताए । 

शिक्षकहरूले तलब नपाए पछि धेरै विद्यालय बन्द भएका छन् भने अझै पनि सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालयहरू बन्द हुने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : ०० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर