प्रमुख सूचना आयुक्तमा सुरेशप्रसाद आचार्य सिफारिस « Khabarhub

प्रमुख सूचना आयुक्तमा सुरेशप्रसाद आचार्य सिफारिस


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा उनलाई सिफारिस गरेको हो । 

यसैगरी, समितिले प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव दुर्गा भण्डारीलाई सूचना आयुक्तमा सिफारिस गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

प्रतिनिधिसभाका सभामुख अध्यक्ष र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने प्रावधान छ ।

प्रमुख आयुक्तमा १५ जना र आयुक्तमा २९ जनाले आवेदन गरेका थिए ।

 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : ५६ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली