काठमाडौं- अमेरिकी राष्ट्रपति चुनावमा देशका सात स्विङ्ग राज्यले डेमोक्रेटिक र रिपब्लिकन पार्टीको मुस्किल बढाइरहेका छन् ।
यी सात राज्यमा दुवै दलका प्रत्याशी डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच कडा टक्कर चलिरहेको छ । अन्य ४३ राज्यको मतको हिसाब किताब करिब टुंगिसक्दा अब यी दुई उम्मेदवार यी सात स्विङ्ग स्टेटका मतदाता फकाउन लागेका छन् ।
दुईजनाबीच हार जीतको अन्तर पनि इतिहासमै सबैभन्दा झिनो हुने अनुमान छ । अन्तिम अवस्थामा यी सात स्विङ्ग स्टेटका मतदाता जता ढल्किन्छन् राष्ट्रपति पनि उही हुने करिब पक्का छ । यही कारण अहिले ट्रम्प र ह्यारिसले यी सात राज्यमा आफ्नो पूरा शक्ति लगाएका छन् ।
अमेरिकी निर्वाचनमा ४३ वटा राज्यको मतलाई निलो र रातोमा चित्रित गरेर दुई उम्मेदवारको हिसाब किताब भइसकेको छ । अब सात स्विङ्ग स्टेटले कमला र डोनाल्डले भाग्य तय गर्नेछन् ।
स्विङ स्टेटमध्ये रिपब्लिकन र डेमोक्रेटिक पार्टीले सबैभन्दा शक्ति र मिहिनेत पेन्सिल्भेनिनियामा लगाएका छन् । यो राज्यमा जम्मा १९ इलेक्टोरल सिट छन् ।
यहाँ पछिल्लो २८ वर्षमा केबल एक पटक रिपब्लिकनलाई जित मिलेको छ। उता नार्थ क्यारोलिनाले डेमोक्रेटिक पार्टीको संकट बढाएको छ ।
अन्तिम पटक सन् २००८ मा ड्रेमोक्रेट उम्मेदवारका रुपमा यहाँ बराक ओबामाले जित निकालेका थिए । त्यसपछिका तीन चुनावमा रिपब्लिकन पार्टीलाई जित मिलेको छ । स्विङ राज्यमा जित्ने नै यस पटक पनि राष्ट्रपतिको कुर्सीमा पुग्नेछन् ।
पेन्सिल्भेनिया
पेन्सिल्भेनियामा ट्रम्पले ह्यारिसको तुलनामा झिनो अग्रता बनाइरहेका छन् । यहाँ ट्रम्पलाई ४८.५ प्रतिशत समर्थन मिलेको छ। उता कमला ह्यारिसको पक्षमा ४७.४ प्रतिशत मतदाता उभिएका छन् । यो खुलासा एटलसइन्टेलको सर्भेमा भएको हो ।
म्यारिस्टको सर्भेअनुसार ह्यारिसलाई ५० र ट्रम्पलाई प्रतिशत समर्थन मिल्ने देखिँदैछ । उता युएसए टुडे सफोकको सर्वेक्षणमा ट्रम्प र ह्यारिसबीच बराबरी देखिँदैछ ।
दुवैका पक्षमा बराबरी ४९ प्रतिशत मतदाता देखिएका छन् । यहाँ अघिल्लो चुनावमा वर्तमान राष्ट्रपति जो बाइडेनले जितेका थिए । उनी रिपब्लिकन उम्मेदवार ट्रम्पलाई हराउँदै डेमोक्रेटिकबाट राष्ट्रपति भएका थिए ।
मिशिगन
म्यारिस्टको सर्भेमा कमला ह्यारिस मिशिगनमा अगाडि छिन् । तर ट्रम्प पनि झिनो अन्तरले मात्रै पछि छन् । कमलालाई यहाँ ५१ प्रतिशत समर्थन मिलेको देखिन्छ । उता ४८ प्रतिशत मतदाता ट्रम्पको समर्थनमा देखिएका छन् । एटलसइन्टेलका अनुसार ट्रम्पको समर्थनमा ४९.२ प्रतिशत र ह्यारिसको समर्थनमा ४८.३ प्रतिशत मतदाता छन् ।
अघिल्लो चुनावमा यहाँ पनि जो बाइडेनले जितेका थिए । सन् २०१६ मा भने ट्रम्पले डेमोक्रेटिककी बिल क्लिन्टनलाई हराएका थिए । सन् १९२ पछि पहिलो पटक रिपब्लिकनलाई ट्रम्पले मिशगनमा जिताएका थिए । मिशिगनमा अरब मुस्लिमको संख्या धेरै छ । यो राज्यमा कुनै उम्मेदवारको हार जितका लागि यो समुदाय निर्णायक हुन सक्छ ।
जर्जिया
स्विङ्ग स्टेट जर्जियाका कारण डेमोक्रेटिक पार्टीको मुस्किल बढेको छ । सन् १९९२ मा पहिलो पटक बिल क्लिन्टनले यहाँबाट चुनाव जितेका थिए । त्यसको ठीक २८ वर्षपछि सन् २०२० मा अन्तिम पटक डेमोक्रेटिकले जित निकालेको थियो ।
एटलसइन्टेलको सर्भेमा यहाँ ट्रम्पको पक्षमा ४८.८ प्रतिशत मतदाता जाने सम्भावना छ । उता कमला ह्यारिसको पक्षमा ४७.२ प्रतिशत मतदाता खडा हुन सक्ने सम्भावना छ।
नर्थ क्यारोलिना
नर्थ क्यारोलिनामा रिपब्लिकन पार्टीको पल्ला भारी पर्ने गरेको छ । तर यस चुनावमा यो राज्यले के गर्ला, यो कुरा रहस्यको गर्भमै छ । अघिल्लो चुनावमा डोनाल्ड ट्रम्पले जो बाइडनलाई यहाँ २.६ प्रतिशतको अन्तरले हराएका थिए । हिलारी क्लिन्टनले पनि सन् २०१६ मा यहाँ ट्रम्पसामु हार भोग्नुपरेको थियो ।
अन्तिम पटक सन् २००८ मा बराक ओबमा यहाँ डेमोक्रेट उम्मेदवारका रुपमा जितेका थिए । सीएनएनको सर्भेअनुसार यस पटकब यहाँ कमला ह्यारिसलाई ४८ प्रतिशत र डोनाल्ड ट्रम्पलाई ४७ प्रतिशत मतदाताको समर्थन देखिएको छ । एटलसइन्टेलको सर्भेमा ट्रम्पको स्थिति बलियो छ। यहाँ ट्रम्पलाई ५०.७ र कमला ह्यारिसलाई ४६.७ प्रतिशत मतदाताको साथ मिल्ने आशा छ ।
नेभादा
नेभादा डेमोक्रेटिक पार्टीको गढ हो । तर अब यहाँ जित हारको अन्तर एकदमै कम भएको छ । पछिल्ला चार चुनावमा पक्कै डेमोक्रेटिकले यहाँ जितेको छ । बाइडेनले सन् २०२० को चुनावमा ट्रम्पलाई २.५ प्रतिशतको अन्तरले हराइदिए । यस पटकको सर्भेमा ट्रम्प र ह्यारिसबीच भिडन्त एकदमै साँघुरो र झिनो छ ।
एटलसइन्टेलको सर्भेअनुसार ट्रम्पलाई ५०.५ र कमला ह्यारिसलाई ४६.९ प्रतिशत मतदाताको साथ मिल्न सक्छ। तर एमर्सन कलेजको सर्भेमा कमला ह्यारिस अगाडि छिन् । यस सर्भेमा ट्रम्पलाई ४७ र कमला ह्यारिसलाई ४८ प्रतिशत समर्थन मिल्ने देखिन्छ । पछिल्ला दुवै चुनावमा ट्रम्पले नेभादाबाट जित निकाल्न सकेका थिएनन् ।
एरिजोना
मेक्सिकोको सीमामा अवस्थित एरिजोनामा डोनाल्ड ट्रम्पको पार्टी धेरै बलियो छ । एटलसइन्टेल सर्भेका अनुसार यहाँ ट्रम्पलाई ५०.८ प्रतिशत र कमला ह्यारिसलाई ४५.९ प्रतिशत मतदाताको समर्थन मिल्न सक्छ । सीएनएनको सर्भेमा कमला ह्यारिस अगाडि छिन् ।
ट्रम्पलाई ४७ र कमला ह्यारिसलाई ४८ प्रतिशतको समर्थन मिल्न सक्छ । सन् २०१६ माडोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई ४.५ प्रतिशत मतको अन्तरले हराएका थिए । त्यसपछि यहाँ उनले बाइडेनलाई केबल ०.३ प्रतिशतको झिनो अन्तरले हराएका थिए ।
भिस्कन्सिन
सन् २०२० कोचुनावमा भिस्कन्सिनमा डोनाल्ड ट्रम्पलाई बाइडेनले १.३ प्रतिशतको अन्तरले हराएका थिए । तर सन् २०१६ मा ट्रम्पले ०.८ प्रतिशतको अन्तरमा जित निकालेका थिए । यी दुवै चुनावमा हार जितको अन्तर एकदमै कम थियो ।
एटलसइन्टेलको सर्भे अनुसार ट्रम्पलाई यहाँ यस पटक ४८.५ प्रतिशत र कमला ह्यारिसलाई ४८.२ प्रतिशत मतदाताको समर्थन मिल्न सक्छ । म्यारिस्टको सर्भेमा कमला ह्यारिसलाई ५० प्रतिशत समर्थन मिल्न सक्ने अनुमान छ । यहाँ २ प्रतिशतले ट्रम्प पछि रहने अनुमान छ ।
प्रतिक्रिया