जब फुटबल चलिरहेका बेला मैदानमा फ्याँकियो सुँगुरको टाउको « Khabarhub

जब फुटबल चलिरहेका बेला मैदानमा फ्याँकियो सुँगुरको टाउको


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबलका दौरान अनेक रोचक घटना हुने गरेका छन् ।

मंगलबार ब्राजिलमा सम्पन्न एक क्लबस्तरीय भिडन्तमा एउटा रोचक घटना हुन पुगेको छ।

ब्राजिल सिरि ए अन्तर्गत दुई चिरप्रतिद्वन्द्वीबीच स्थानीय समयअनुसार सोमबार राति भएको भिडन्तका क्रममा मैदानमा काटिएको सुँगुरको सेतो टाउको फ्याँकिएको हो ।

दुई प्रतिद्वन्द्वी क्लबहरू कोरिन्थियान्स र पाल्मेइरासबीचको बहुचर्चित भिडन्तका क्रममा सुँगुरको टाउको एकजना समर्थकले मैदानमै फ्याँकेका हुन् ।

कोरिन्थियान्सका फ्यान सुँगुरको टाउको फ्याँकेको यस प्रकरणमा पुलिसले छानबिन पनि थालिसकेको छ । पुलिसले कोरिन्थियान्स र पाल्मेइरासबीचको खेलमा सुँगुरको टाउको फ्याँकिएको घटनालाई एक गम्भीर र भयानक भनेको छ ।

पाल्मेइरासका राफेल भेइगाले कर्णर बल प्रहार गर्न लागेका बेलामा सुँगुरको टाउको मैदानमा फ्याँकिएको थियो। त्यो सुँगुरको टाउकोलाई तत्कालै कोरिन्थियान्सका युरी अल्बर्टोले लात्ती हानेर मैदानबाहिर पठाइदिए ।

अल्बर्टोले खेलपछि ग्लोबो एस्पोर्टेलाई भने, ‘मेरो खुट्टो करिब करिब भाँच्चिएको थियो । मैले त्यो कुने सिरानेको खोल होला भनेर लात्ती हानेको थिएँ तर त्यो त सुँगुरको टाउको रहेछ । मैले त्यसलाई लात्ती हान्दा आफैंलाई चोट पुर्‍याएँ ।’

यस प्रकरणमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । तर उनीहरूबारे ठोस प्रमाण नभएपछि तत्कालै रिहा गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सुँगुरको टाउको कोरिन्थियान्सको स्टेडियम नियो क्युमिका एरिनाको मैदानसम्म कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

सुँगुरको टाउको मैदानमा फ्याँकिएपछि चर्चामा आएको यो प्रतिस्पर्धामा विजयी भने कोरिन्थियान्स भएको छ। सुँगुरको टाउको पनि कोरिन्थियान्सकै फ्यानले फ्याँकेका थिए । यस खेलमा कोरिन्थियान्स २-० गोलअन्तरले विजयी भयो ।

ब्राजिलियन सिरि एको तालिकामा कोरिन्थियान्स ३२ खेलबाट ३८ अंकसहित १३ ०औँ स्थानमा छ । उता पराजित पाल्मेइरास भने ३२ खेलबाट ६१ अंकसहित उपाधि होडको दोस्रो स्थानमा छ ।

कोरिन्थियान्ससँगको पराजयले उसलाई उपाधि होडमा धक्का लागेको छ। लिगको पहिलो स्थानमा ३१ खेलबाट ६४ अंकसहित बोटाफोगो रहेको छ ।

दुई दशकअघि स्पेनमा पनि यस्तै घटना भएको छ । २२ वर्षअघि स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाको भिडन्तका क्रममा पनि सुँगुरको टाउको मैदानमा फ्याँकिएको थियो ।

त्यसबेला पोर्चुगिज विङ्गर लुइस फिगोले बार्सिलोना छाडेर रियल मड्रिड गएपछि भएको भिडन्तका क्रममा पनि सुँगुरको टाउको फ्याँकिएको थियो । त्यस्तै प्रकृतिको घटना २२ वर्षपछि ब्राजिलमा दोहोरिएको हो।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ७ : ०२ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही