छठ पूजाका लागि सजियो कमल पोखरी (तस्बिरहरू) « Khabarhub

छठ पूजाका लागि सजियो कमल पोखरी (तस्बिरहरू)


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खासगरि तराईबासी हिन्दूहरू निष्ठापूर्वक धुमधामसँग मनाउने छठ पर्वको तयारी काठमाडौंमा पनि गरिएको छ।

पवित्र पर्व छठ पूजाको तयारीका क्रममा काठमाडौंका तलाउ, नदी किनार र पोखरीको सजावट अन्तिम चरणमा पुगेको छ ।

कडा धार्मिक नियम, आस्था र विश्वाससाथ चार दिनसम्म मनाइने छठ पर्व मंगलबार सुरु भइसकेको छ ।

हिन्दू धार्मिक मान्यताका आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैतमा निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिन सुरु हुने सूर्य उपाशनाको यो चाडलाई तराई र मिथिलाञ्चल क्षेत्रमा महापर्व भनिन्छ ।

बसाइँसराईका कारण छठलाई काठमाडौं उपत्यकामा पनि विशेष रुपमा मान्न थालिएको छ । काठमाडौंमा पाशुपत क्षेत्रको गौरीघाट, कमल पोखरी र कुपण्डोलस्थित बागमती किनारालाई धमाधम सजाइएको छ ।

राजधानीको कमलपोखरीलाई पनि बेहुलीझैँ सिंगारिएको छ। कमलपोखरीमा झिलिमिली बत्ती राखेर सजाइएकाले आकर्षक देखिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ७ : ४२ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई