विजय प्रमुख भूमिकामा रहेको पहिलो फिल्म नै ‘सुपरहिट’ | Khabarhub Khabarhub

विजय प्रमुख भूमिकामा रहेको पहिलो फिल्म नै ‘सुपरहिट’


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साढे एक दर्जन फिल्ममा सहायक भूमिकामा अभिनय गरेका कलाकार विजय बराल ‘पूर्णबहादुरको सारङ्गी’मा केन्द्रीय भूमिकामा रहेका छन् । गत कात्तिक १५ बाट प्रदर्शनमा आएको उक्त फिल्मले ‘सुपरहिट’को ट्याग पाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ले उक्त फिल्मलाई मंगलबार सुपरहिटको ट्याग दिएको हो । क्यूएफएक्सले तिहार लक्षित गरी प्रदर्शनमा आएको एक हिन्दी फिल्म ‘सिंगम अगेन’लाई पनि सुपरहिटको ट्याग दिएको छ । सँगै प्रदर्शनमा आएको अर्को हिन्दी फिल्म ‘भुलभुलैया’ भने यो मान्यता पाउन सकेको छैन ।

ठूला ब्यानरका हिन्दी फिल्मसँग हलमा प्रतिस्पर्धा गरे पनि सकारात्मक ‘वर्ड अप माउथ’का कारण ‘पूर्णबहादुरको सारङ्गी’को अकुपेन्सी उच्च छ । सोहीकारण हलहरुले शो संख्या पनि बढाएका छन् ।

निर्माण पक्षको दाबीअनुसार यस फिल्मले सुरुवाती ५ दिनमा ४ करोड ८७ लाख ग्रस कलेक्सन गरेको हो । उक्त कलेक्सन गत बिहीबारदेखि सोमबारसम्मको हो ।

यस फिल्मले गन्धर्व परिवारको बुवा-छोराको भावनात्मक सम्बन्धको कथा उठान गरेको छ । फिल्ममा विजयसहित नायक मुकुन भुसाल, प्रकाश सपुत, नायिकाअञ्जना बराइली मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ८ : ४३ बजे

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक