एक्लै चुनाव लड्न सकिने अवस्था बन्यो : माओवादी « Khabarhub

एक्लै चुनाव लड्न सकिने अवस्था बन्यो : माओवादी


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले उत्साहित बनाएको जनाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले उपनिर्वाचनको परिणामबाट एक्लै चुनाव लड्न सकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको हो ।

कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।

भएभरका सबै दलहरू मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरू लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रूपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

‘माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ । पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले बैठक पछि भने, ‘एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ । यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ ।’  उनले उपनिर्वाचनले ०८४ को तयारीका लागि राम्रो सन्देश दिएको समेत उल्लेख गरे ।

बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

समसामयिक विषयमा छलफल गर्दै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकाले छ । तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको उनको भनाइ छ ।

प्रवक्ता सापकोटाले यही मंसिर २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए । बैठकले, ऊर्जा मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको भवनमा अलग कार्यालय खोलेकोमा असन्तुष्टि जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ११ : ५० बजे

विश्वकपमा जापानको गोल वर्षा : ट्युनिसिया समूह चरणबाटै बाहिरियो

काठमाडौँ – विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–०

कांग्रेस सभापति थापा रास्वपा महाधिवेशको उद्घाटन समारोहमा सहभागी हुने

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा

चितवन – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह शाह राष्ट्रिय स्वतन्त्र पार्टीको

एनसेल र ट्रिप टर्बोबीच सहकार्य : बस, आन्तरिक हवाई टिकटलगायतमा ८ हजारसम्म छुट

काठमाडौं– एनसेल ग्राहकले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा

जापानको सानदार प्रदर्शन : ट्युनिसियामाथि तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा