दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किममाथि भ्रमण प्रतिबन्ध « Khabarhub

दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किममाथि भ्रमण प्रतिबन्ध


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किम योङ हानमाथि भ्रमण प्रतिबन्ध लागेको छ । बिहीबार बिहान मात्र राष्ट्रपति योलबाट राजीनामा स्वीकृत भएपछि पदमुक्त भएका उनलाई प्रहरीले प्रतिबन्ध लगाएको हो ।

किम भागेर अन्य स्थानमा जाने सम्भावनालाई दृष्टिगत गर्दै सो निर्णय गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । मंगलबार राष्ट्रपतिले सैन्य शासनको घोषणा गर्नका आफू पनि जिम्मेवार रहेको स्वीकार गर्दै उनले माफी सहित राजीनामा दिएका हुन् ।

सैन्य शासन फिर्ता लिएका राष्ट्रपति युन सुक योल माथिको महाअभियोग पारित भएमा १० वर्षको अन्तरमा यसै गरी पदमुक्त हुने उनी दोस्रो राष्ट्रपति हुने छन् । यस अघि सन् २०१६ मा मार्क जयुन हायमाथि पनि महाअभियोग पारित भएको थियो ।

दक्षिण कोरियामा महाअभियोग पारित हुनका लागि संसद्को ३०० सदस्य मध्य २०० जनाको प्रस्तावमा समर्थन चाहिन्छ। तर त्यो नै पर्याप्त हुँदैन । त्यो निर्णय संवैधानिक अदालतबाट अनुमोदन हुन आवश्यक छ । यसका लागि संवैधानिक अदालतको ९ जनाको बेन्चको ६ जनाले संसद्ले पास गरेको महाअभियोग प्रस्तावलाई स्वीकार गर्न पर्ने छ ।

यसअघि सन् २०१६ मा हाय माथिको महाअभियोग संवैधानिक अदालतले पनि स्वीकार गरेको थियो । परन्तु सन् २००४ मा तत्कालीनमा रुन म्यो हुन विरुद्धको महा अभियोग संसद्ले पारित गरे पनि संवैधानिक अदालतले हुनलाई पुर्न स्थापित गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : २८ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले