काठमाडौं – चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदर्शन गरेको छ ।
पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकाविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज प्रदर्शन गरेको रास्वपाले जनाएको छ।
बुधबार चितवनमा रविको बयान चलिरहँदा रास्वपा समर्थकले प्रदर्शनले उग्र रुप लिएपछि ८ जना घाइतेसमेत भएका थिए । बयानपछि हिजो राति नै उनलाई पोखरा लगिएको थियो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई पोखराबाट काठमाडौं र मंगलबार चितवन पुर्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया