चिनियाँ एक्सपेंग मोटर्स अब पोखरामा « Khabarhub

चिनियाँ एक्सपेंग मोटर्स अब पोखरामा


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगको पोखरामा लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखराका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ ।

कार्यक्रममा अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले एक्स्पेङ ब्रान्डको परिचय गराए । साथै, सीजी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे ।

कार्यक्रम उद्घाटनका क्रममा, अटोवेजले पहिलो चरणका ग्राहकलाई ५ वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो । यसले विश्वकै उच्च सुरक्षा परीक्षण ई-एनसीएपीमा ५- स्टार रेटिङ प्राप्त गरेको छ।  स्वचालित ड्राइभिङ प्रविधि, एसइपीए २.० संरचना, नियमित ओटीए अपडेटहरू,एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर-फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ ।

जी६ को मोटर पावर १९० किलोबाट र टर्क ४४० एनएम छ, जसले ६६ किलोवाट ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ  ।  यसको अगाडिको र पछाडिको एक्सलमा ५०:५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ-कास्ट बडी,र ९-आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल गरेको कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले हालसालै बागडोल, काठमाडौंमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  २ : ४१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर