चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली « Khabarhub

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेशका आइपुगेका छन् । ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका थिए ।

ओलीलाई त्रिभुवन विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन गएका थिए ।

चीन भ्रमणका क्रममा ओलीको सबैभन्दा ठूलो उपलब्धि बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य सम्झौताको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । यस हस्ताक्षरसँगै अब नेपालमा बीआरआईअन्तर्गतका परियोजना अघि बढाउने बाटो खुलेको छ ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिन फिङ, समकक्ष लीलगायतसँग भेटवार्ता गर्नुका साथै नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ३ : ३३ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै