प्रधानमन्त्रीले भने- चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन « Khabarhub

प्रधानमन्त्रीले भने- चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग ऋणसम्बन्धी कुनै किसिमको सम्झौता नगरिएको बताएका छन् ।

चार दिने चीन भ्रमण सकेर फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको सवाल-जवाफका क्रममा यस्तो बताएका हुन् ।

‘मैले दरबारमार्गमा आयोजित आमसभामै पनि अहिले कतैबाट ऋण लिँदैनौँ भनेको थिएँ । चीनसँग पनि ऋण लिन जाँदै‌नौँ भनेको हो’, उनले भने, ‘चीनसँग ऋणको कुरा नै भएन, त्यसबारे कुनै छलफल भएन ।’

उनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका नौ वटा परियोजना कार्यान्वयनका लागि पछि अलग्गै छलफल हुने पनि बताएका छन् ।

‘बीआरआई अन्तर्गतका हरेक परियोजना कार्यान्वयका क्रममा पछि दुई देशबीच छुट्टै छलफल हुन्छ’, उनले भने, ‘अहिले हामीले प्राप्त गरेको कुरा ऋण होइन । ऋणसम्बन्धी कुरा चलेको पनि छैन । सधैँ ऋण ऋण ऋण भनेर किन सारंगी बजाइएको छ ? ऋणसँग बीआरआईले सरोकार राख्दैन ।’

उनले ती सबै परियोजनाबारे चीनसँग अलग अलग छलफल हुने पनि बताए । ‘कार्यान्वयनका क्रममा हरेक परियोजनामा नयाँ छलफल र सम्झौता हुन्छ’, उनले भने, ‘मैले जानुअघि नै भनेको थिएँ, ऋणबारे कुरा हुँदैन। मिडियाले पनि लेखेका छन् ऋणबारे कुरा भएन । तर अझै किन ऋण ऋण भनेर बाजा बजाइन्छ ?’

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ३ : ५७ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले