प्रधानमन्त्रीले भने- चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन | Khabarhub Khabarhub

प्रधानमन्त्रीले भने- चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग ऋणसम्बन्धी कुनै किसिमको सम्झौता नगरिएको बताएका छन् ।

चार दिने चीन भ्रमण सकेर फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँगको सवाल-जवाफका क्रममा यस्तो बताएका हुन् ।

‘मैले दरबारमार्गमा आयोजित आमसभामै पनि अहिले कतैबाट ऋण लिँदैनौँ भनेको थिएँ । चीनसँग पनि ऋण लिन जाँदै‌नौँ भनेको हो’, उनले भने, ‘चीनसँग ऋणको कुरा नै भएन, त्यसबारे कुनै छलफल भएन ।’

उनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका नौ वटा परियोजना कार्यान्वयनका लागि पछि अलग्गै छलफल हुने पनि बताएका छन् ।

‘बीआरआई अन्तर्गतका हरेक परियोजना कार्यान्वयका क्रममा पछि दुई देशबीच छुट्टै छलफल हुन्छ’, उनले भने, ‘अहिले हामीले प्राप्त गरेको कुरा ऋण होइन । ऋणसम्बन्धी कुरा चलेको पनि छैन । सधैँ ऋण ऋण ऋण भनेर किन सारंगी बजाइएको छ ? ऋणसँग बीआरआईले सरोकार राख्दैन ।’

उनले ती सबै परियोजनाबारे चीनसँग अलग अलग छलफल हुने पनि बताए । ‘कार्यान्वयनका क्रममा हरेक परियोजनामा नयाँ छलफल र सम्झौता हुन्छ’, उनले भने, ‘मैले जानुअघि नै भनेको थिएँ, ऋणबारे कुरा हुँदैन। मिडियाले पनि लेखेका छन् ऋणबारे कुरा भएन । तर अझै किन ऋण ऋण भनेर बाजा बजाइन्छ ?’

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ३ : ५७ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ