कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउँछौँ : अर्थमन्त्री « Khabarhub

कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउँछौँ : अर्थमन्त्री


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भैरहवा – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुद्घाटन गर्दै मन्त्री पौडेलले व्यवसायीलाई निराश नहुन आग्रह गर्दै पछिल्लो समय अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए।

‘हामी सरकारमा आउँदै गर्दा आर्थिक अवस्था, सामाजिक अवस्था लगायतमा समस्याको चाङ थियो, यो सरकार बनेपछि मानिसमा आशाको सञ्चार भएको छ’, उनले भने, ‘उद्योगी व्यापारीका समस्या हुन्छन्, मजदुरका समस्या हुन्छन्, किशोर किशोरीको समस्या अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको छ ।’

उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउने बताए। निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर रहेको उनको भनाइ थियो ।

भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शंका नगर्न आग्रह गर्दै उनले विमानस्थलमा अर्को टर्मिनल भवन निर्माण आवश्यक भएको बताए।

‘र्ण क्षमताको विमानस्थल सञ्चालन गर्न थप पूर्वाधार निर्माण आवश्यक छ”, उनले भने, “एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौँ।’

मन्त्री पौडेलले भैरहवालाई समुन्नत र आधुनिक सहरका रूपमा विकास गरिने धारणा राखे। उनले निर्माणाधीन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गरे । बुटवल–नारायणगढ सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको उनले बताए।

आजदेखि सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ४ : १९ बजे

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम

काठमाडौं– नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं–  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी

मनिष झाको अभिव्यक्ति सापटी लिँदै निश्कलले सोधे, ‘प्रधानमन्त्रीले क्लास बङ्क गर्न मिल्छ ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले निरन्तर संसद्लाई बेवास्ता गरेपछि वपक्षी दलहरूले

एक महिनापछि जाग्यो संसदीय समिति, सुकुम्वासी राखिएको होल्डिङ सेन्टर अनुगमनमा जाने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी