एनएमबि बैंकलाई युएन वुमन डब्लुईपीएस अवार्ड « Khabarhub

एनएमबि बैंकलाई युएन वुमन डब्लुईपीएस अवार्ड


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकको लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई युएन वुमन एशिया प्यासिफिकले २०२४ डब्लुईपीएस अवार्ड प्रदान गरेको छ ।

यो लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने बैंकको पहलको सम्मान स्वरूप पाएको अवार्ड हो ।

यूएन वुमन र यूएन ग्लोबल कम्प्याक्टबाट कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरिएको छ । बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकले प्रयास गरेको बताइएको छ । ती प्रयासहरुमा सी लिड्स टुमरो स्कलरसीप, एनएमबि नेक्स जेन बैंकिङ लिडरसीप, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू छन् ।

यस अवार्डले बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गत युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको बैंकले जनाएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरूमध्ये यो अवार्ड बैंकलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ५ : १६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन