एनएमबि बैंकलाई युएन वुमन डब्लुईपीएस अवार्ड « Khabarhub

एनएमबि बैंकलाई युएन वुमन डब्लुईपीएस अवार्ड


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकको लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई युएन वुमन एशिया प्यासिफिकले २०२४ डब्लुईपीएस अवार्ड प्रदान गरेको छ ।

यो लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने बैंकको पहलको सम्मान स्वरूप पाएको अवार्ड हो ।

यूएन वुमन र यूएन ग्लोबल कम्प्याक्टबाट कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरिएको छ । बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकले प्रयास गरेको बताइएको छ । ती प्रयासहरुमा सी लिड्स टुमरो स्कलरसीप, एनएमबि नेक्स जेन बैंकिङ लिडरसीप, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू छन् ।

यस अवार्डले बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गत युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको बैंकले जनाएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरूमध्ये यो अवार्ड बैंकलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ५ : १६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति