१८ वर्षीय नरेन : पहिलो खेलमै ५ विकेट, धारिलो बलिङले काठमाडौं निरीह « Khabarhub

१८ वर्षीय नरेन : पहिलो खेलमै ५ विकेट, धारिलो बलिङले काठमाडौं निरीह


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा १८ वर्षीय बलर नरेन साउदले प्रभावशाली बलिङ गरे । उनको शानदार प्रदर्शनले काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनको जित निकालेको छ ।

त्रिवि कीर्तिपुर मैदानमा टस जितेर १६८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंको हारको कारण नै नरेनको घातक बलिङ बन्यो ।

काठमाडौंलाई १५ दशमलव ५ ओभरमा ९४ रनको अवस्थामा अलआउट गराउने क्रममा नरेन एक्लैले पाँच विकेट लिए । त्यहीकारण काठमाडौं ७३ रनले हार भोग्न बाध्य भयो ।

काठमाडौंका लागि लामो समय क्रिजमा टिकेर सर्वाधिक ३७ रन जोड्ने स्टिफन स्टिफन एस्किनाजीको विकेट पनि उनैले लिए । इङ्ल्यान्डका मध्यक्रमका ब्याटर स्टिफन नरेनकै बलको शिकार हुनुअघि ५ चौका र एक छक्का सहयोगमा ३७ रन बनाएर खेलिरहेका थिए ।

३ दशमलव ५ ओभर बलिङ गरेका बायाँहाते बलर नरेनले केबल १९ खर्चिएर ५ विकेट लिए । उनले सात ओभरको चौथो बलमा नामिबियाका अलराउन्डर एवम् काठमाडौंका गेर्हार्ड इरास्मसको विकेट पनि लिए ।

त्यस्तै, नरेनको बलमै रसिद खान, करण केसी र शाहब अलाम लामो समय टिक्न नसकी आउट भए । उनले छैटौँ विकेटका रुपमा स्टिफन, सातौँ विकेटका रुपमा रसिद खान, नवौँ विकेटका रुपमा करण केसी र दशौँ विकेटका रुपमा शाहब आलमलाई पवेलियन फर्काए ।

नरेनले गेर्हार्डलाई बाहेक अन्य चार ब्याटरलाई क्याच आउट गराए । जारी प्रतियोगितामा दुई खेल खेलेको सुदूरपश्चिमले शतप्रतिशत नतिजा निकालेको छ ।

पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनले हराएको थियो । त्यस खेलमा खेलमा नरेन सुदूरपश्चिमको प्लेइङ इलाभेनमै परेका थिएनन् ।

तर, दोस्रो खेलमा मौका पाउनेबित्तिकै उनले आफ्नो कौशल देखाएर टीमलाई फराकिलो जित दिलाउन पनि सफल भए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ५ : ०८ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार