इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन « Khabarhub

इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इतिहासकार पुरुषोत्तम शमशेर राणाको आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको ९९ वर्षको उमेरमा निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्।

उनका अनुसार राणालाई रक्तचाप कम भएपछि अस्पतालमा भर्ना गरिएको थियो । विसं १९८२ चैत १५ गते चार बुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उनी जन्मिएका हुन् ।

तत्कालीन जहानिया शासनको प्रतिबन्धका कारण उनले पाल्पा दरबारमै अध्ययन गरी युपी बोर्डबाट एसएलसी उत्तीर्ण गरेका थिए । उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसीस्थित जयनारायण कलेजबाट इन्टर–मिडियट उत्तीर्ण गरेका उनी बनारस हिन्दु विश्वविद्यालयमा विकम पढ्ने क्रममा क्रान्तिमा लागेका थिए।

   उहाँले राणाकालीन प्रमुख ऐतिहासिक दरबारसम्बन्धी श्री ३ राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, लुकेछिपेका प्रतिभाहरू, मेरा जीवनका स्मृतिहरुलगायतका पुस्तक लेख्नुभएको छ । उहाँ रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुनुहुन्छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ७ : २७ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ