‘विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’ « Khabarhub

‘विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महामहोत्सवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई प्रगाढ बनाउने काम गरेको बताएका छन् ।

त्रेतायुगको झझल्को दिने गरी पाँच वर्षको अन्तरालमा भारतको अयोध्याबाट जन्ती आउने र जन्तीलाई मिथिलावासीले स्वागत गर्न पाउनु गर्वको विषय भएको मुख्यमन्त्री सिंहले बताए । उनले आजै भारतको अयोध्याबाट आएको जन्तीलाई मधेस भवनमा स्वागतसहित दिवा भोज गराएर सम्मान गरे ।

अयोध्याबाट रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायको नेतृत्वमा झण्डै पाँच सयको सङ्ख्यामा आएको जन्तीलाई मिथिलाको परम्पराअनुसार दिवा भोजनका साथै सम्मान गरेका हुन् ।

मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालको अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रम भएको हो । रामजन्मभूमि ट्रष्टका महासचिव रायले विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई नयाँस्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताए ।

अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताउनुभयो । जन्तीलाई मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका तर्फबाट मन्त्री सकिलअलि मियाले कम्बल वितरण गरेका थिए ।

विवाह पञ्चमी महोत्सवअन्तर्गत मटकोर सम्पन्न

यसैबीच जनकपुरधामको रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज पाँचौँ दिन मटकोर कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक गङ्गासागर पोखरीमा भएको सो कार्यक्रममा नेपाल र भारतका साधु सन्तहरुको सहभागिता रहेको थियो । रामजानकीको झाँकी प्रदर्शनसहित भएको सो कार्यक्रमका सहभागी मिथिलानीले रामजानकीसम्बन्धी गीतसमेत गाएका थिए ।

कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवको नेतृत्वमा मटकोरका लागि महिला तथा साधुसन्त गङ्गासागर पुगेका थिए । मटकोरमा रामजानकीको विवाहका लागि वेदी बनाउन माटो लगिने परम्परा छ । गङ्गासागरमा उत्तराधिकारी महन्तदासले माटो निकालेकी थिइन् ।

मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, सङ्घीय सांसद जुली महतो, जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहलगायतको सहभागिता रहेको थियो ।

अतिथि एवं साधुसन्तलाई प्रदेशसभा सदस्य रामआशिष यादव, सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष सुरेश शर्मा, सेभ हिस्टोरिकलका पदाधिकारीहरुले स्वागत गरेका थिए ।महिलाहरुले माटो बोकेर नगर परिक्रमा गरेका थिए । मटकोरको क्रममा गङ्गासागरको डीलमा भजनकिर्तनको कार्यक्रम राखिएको छ । जानकीको प्रतीकको रुपमा रहेकी बालिकालाई लिएर बाँजागाजा मन्दिरको टोली गङ्गासागर पुग्ने गर्छ । वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन छ ।

जानकी जन्मोत्सवको सन्दर्भ पारेर विवाहको हरेक कार्यक्रम जनकपुरमा भइरहेको छ । शुक्रबार वैदिक परम्पराअनुसार रामजानकीको विवाह हुनेछ । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र आज पाँचौं दिन मटकोर कार्यक्रम भएको हो । शुक्रबार स्वयम्बर तथा विवाहोत्सव र शनिबार रामकलेवासँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ८ : ३५ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका