सातामा १३ अङ्कले घट्यो नेप्से | Khabarhub Khabarhub

सातामा १३ अङ्कले घट्यो नेप्से


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मङ्सिरको तेस्रो साता (१६ देखि २० गतेसम्म) नेपालको शेयर बजार सूचक १३ अङ्कले घट्यो ।

अघिल्लो बिहीबार २७४८.०५ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा घटेर २७३४.९३ बिन्दुमा झरेको हो ।

सातामा पूरा पाँच दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । पाँच कारोबार दिनमा कुल ४४ अर्ब ९१ करोड ९५ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औषत आठ अर्ब ९८ करोड ३९ लाख १३ हजार रुपैयाँको शेयर किनबेच भयो ।

सातामा कुल आठ करोड ३४ लाख २८ हजार ८१२ कित्ता शेयर कारोबार हुँदा औषतमा एक करोड ६६ लाख ८५ हजार ७६३ कित्ता शेयर किनबेच भयो । चार लाख ५३ हजार ७८१ पटक शेयर किनबेच भयो भने दैनिक औषत ९० हजार ७५६ पटक किनबेच भयो ।

कुन दिन कस्तो रह्यो बजार ?

साताको पहिलो दिन आइतबार नै बजार ९.९९ अङ्कले बजार घट्यो । सो दिन नेप्से २७३८ बिन्दुमा झर्‍यो । बजार ०.३६ प्रतिशतले घट्दा परिसूचक उच्चतम २७६४.८५ बिन्दु र न्यूनतम २७०७.९४ बिन्दुबीच रह्यो ।

उक्त दिन आठ अर्ब ७४ करोड ९२ लाख ८९ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३६ हजार ६६८ कित्ता शेयर ८१ हजार ६४२ पटक किनबेच भएको थियो ।

आइतबार घटेको बजार सोमबार भने बढ्यो । सोमबार १९.९७ अङ्कले बजार बढ्दा नेप्से २७५८.०४ बिन्दुमा पुगेको थियो । उक्त दिन ०.७२ प्रतिशतले बजार बढ्दा परिसूचक उच्चतम २७७३.४७ बिन्दु र न्यूनतम २७४६.४७ बिन्दुमा पुग्यो ।

सो दिन बजार बढ्दा १० अर्ब ४१ करोड २१ लाख ५५ हजार रुपैयाँ बराबरको एक करोड ८५ लाख १८ हजार २६८ कित्ता शेयर एक लाख दुई हजार ४१७ पटक किनबेच भयो ।

बजारको हरियाली मङ्गलबार पनि कायमै रह्यो । मङ्गलबार नेप्से १७.८० अङ्कले बढेर २७७५.८५ बिन्दुमा पुग्दा ०.६४ प्रतिशतको वृद्धि देखियो । परिसूचक उच्चतम २७९३ बिन्दु र न्यूनतम २७५१ बिन्दुबीच रह्यो ।

मङ्गलबार बजार बढ्दा कारोबार भने घटेको थियो । उक्त दिन आठ अर्ब ४१ करोड ४९ लाख ५१ हजार रुपैयाँ बराबरको एक करोड ६३ लाख ६८ हजार ५५३ कित्ता शेयर ८७ हजार ५९९ पटक किनबेच भएको थियो ।

दुई दिन निरन्तर बढेको बजारमा बुधबार भने ब्रेक लाग्यो । बुधबार एकै दिन नेप्से २४.९७ अङ्कले घटेर परिसूचक २७५०.८७ बिन्दुमा झर्‍यो । उक्त दिन परिसूचक उच्चतम २७९५.७८ बिन्दु र न्यूनतम २७४७.६५ बिन्दुमा पुग्यो ।

बजार घटे पनि सो दिन कारोबार भने बढ्यो । बुधबार नौ अर्ब ६ करोड ३९ लाख ४८ हजार रुपैयाँ बराबरको एक करोड ८२ लाख नौ हजार ५०२ कित्ता शेयर ९५ हजार ७३५ पटक किनबेच भएको थियो ।

साताको पहिलो नेप्से घटेर सुरु भएको बजार अन्तिम दिन पनि घटेरै बन्द भयो । बिहीबार नेप्से १५.९३ अङ्कले घटेर परिसूचक २७३४.९३ बिन्दुमा आयो ।

बजारमा बिहीबार उच्च अङ्कको उतारचढाव देखियो । उक्त दिन नेप्से ०.५७ प्रतिशतले घट्दा परिसूचक उच्चतम २७६४.२९ बिन्दु र न्यूनतम २७१७.३४ बिन्दुमा पुगेको थियो ।

बिहीबार बजार घटेसँगै कारोबार पनि घटेको थियो । बिहीबार आठ अर्ब २७ करोड ९२ लाख १९ हजार रुपैयाँ बराबरको एक करोड ४८ लाख ९५ हजार ८२१ कित्ता शेयर ८६ हजार ३८८ पटक किनबेच भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ७ : ५६ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान