हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’ « Khabarhub

हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोटर कम्पनी हुन्डाईको स्यान्टा एफई सन्‌ २०२५ का लागि ‘वर्ष कार’ घोषित भएको छ । यो कारले कारवाओ अवार्डमा प्रभुत्व नै जमाएको हो ।

यो कारले यसअघि नै बजारमा पर्याप्त सफलता हासिल गरिरहेको कम्पनीले जनाएको छ । यही सफलता क्रममा यो मोडलको कारले कारवाओ अवार्ड जित्दै वर्ष कार नै घोषित भएको हो ।

कम्पनीका अनुसार यो कारले अनलाइन मार्केटप्लेसको पारिवारिक मूल्य अवार्ड पनि जितेको छ । हुन्डाईकै आयोनिक फाइभ एनलाई टेक ट्रेइलब्लाजरको रूपमा स्वागत गरिएको कम्पनीले जनाएको छ ।

कारवाओ अवार्ड यसको सम्पादकीय टोलीद्वारा निर्धारण गरिन्छ । सो टोलीले प्रतिष्पर्धी कारहरूको मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यवहारिकता आधारमा उत्कृष्ट कारलाई अवार्डका लागि सिफारिस गर्छ ।

टोलीले वार्षिक रूपमा समीक्षा गरिएका सयौं कारहरूबाट शीर्ष कार छान्ने गर्छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : ४४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।