आज २०८० साल पुस २१ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २१ गते शनिबारको राशिफल


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २१ गते शनिबार तदनुसार सन् २०२४ जनवरी ६ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोलीमा मोहन छ। सोचेर बोल्नु राम्रो हुन्छ। भेटघाटबाट खुशी मिल्नेछ। आर्थिक क्षेत्रमा नाम, दाम प्राप्त भए पनि खर्च बढी हुनेछ। खर्च कटौती गर्नुपर्ने देखिन्छ। परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। साथीसँगको भेटले मन खुसी हुनेछ। व्यापारमा प्रतिस्पर्धी धेरै भएकाले समस्या पर्ने देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : आजको दैनिकी राम्रो छ। चन्द्रमा दाहिना छन्। ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। आर्थिक पक्ष सबल देखिन्छ। शिक्षको क्षेत्रमा प्रगति हुनेछ। परोपकारको जग बसाउने योग रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर रहने देखिन्छ।

कर्कट : दैनिकी सामान्य छ। साथीको कुरा सुनेर खर्च नगर्नु राम्रो हुन्छ। आफ्नो काम गर्न विवेक प्रयोग गर्नु फाइदा हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति र प्रगति हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नसक्छ।

सिंह : दैनिकी राम्रो छ। शिक्षा, स्वस्थ्य र वैदेशिक क्षेत्रमा अब्बल बन्नसक्नु हुन्छ। तपाईंका लागि आज यात्रा खराब हुनसक्छ। लामो यात्रा नगरेको राम्रो हुन्छ। पारिवारको साथ र सहयोग रहनेछ।

कन्या : दिन राम्रो छ। आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुने योग रहेको छ। कुरा काट्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ। प्रतिस्पर्धी धेरै भए पनि न्याय क्षेत्रमा विजय प्राप्त हुनेछ। परिवारको साथ रहने छ।

तुला : दिन राम्रो छ। अर्थको कारोबारमा राम्रो फाइदा हुनसक्छ। आँखामा समस्या हुने भएकाले सचेत हुनुपर्छ। आफन्त र परिवारबाट राम्रो साथ र सहयोग रहने छ।

वृश्चिक : आजको दिन सामान्य छ। आफ्नाबाट असहयोग, झुटा आरोप र लान्छना लाग्नसक्ने देखिन्छ। श्रमको लगानीबाट राम्रो परिणाम प्राप्त हुनेछ। परिवारको साथले दिन सुखमय बन्नेछ।

धनु : आजको दिन सामान्य राम्रो छ। अचानक भ्रमणको तयारी हुनक्छ। बढी थकान हुनसक्छ। शिक्षामा राम्रो छ। परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्नेछ।

मकर : दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। आर्थिक क्षेत्रमा भने घाटा हुनसक्ने छ। राजनीतिबाट अलग रहनु राम्रो हुन्छ। परिवारको साथ र सहयोग राम्रो छ।

कुम्भ : दिन सामान्य छ। सानो कुरामा पनि साथीभाइ टाढा हुने गर्दछन्। सञ्चित धन खर्च हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीमा फाइदा हुनेछ। परिवारको विश्वास गर्नाले घाटा हुनसक्छ।

मीन : दिन राम्रो छ। साथीहरुको साथ मिल्नेछ। मन उत्साहित हुनेछ। साथीभाइबाट प्रशंसा हुनेछ। सञ्चित धन खर्च भए पनि पारिवारिक सम्बन्ध सुमधुर देखिन्छ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ५ : १५ बजे

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको