सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडको टुंगो लगाउने « Khabarhub

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडको टुंगो लगाउने


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धन दलहरूको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल हुनेछ ।

नेकपा माओवादी र कांग्रेस नेकपा एमालेलाई पनि भागबण्डा गरेर लैजाने मनस्थितिमा रहे पनि एमालेले राष्ट्रियसभामा १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेसँगै गठबन्धन दलहरू निर्णायक छलफलमा जुट्न लागेका हुन् ।

राष्ट्रियसभामा एमालेबाट ९ सदस्य बाहिरिँदै छन् । यिनै ९ सदस्यमध्ये दलहरूबीच भागबण्डा हुनेछ । अन्य सिटमा जुन पार्टीको सदस्य खाली हुन लागेको हो सोही पार्टीले उम्मेदवार उठाउने गठबन्धनभित्र सहमति रहेको छ ।

राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवार मनोनयको मिति तय गरेको छ ।

यो पनि…
एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ५३ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया