सर्लाहीको बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप « Khabarhub

सर्लाहीको बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञाको समय थप गरेको छ ।

कार्यालयले  सूचना जारी गर्दै आज बिहान ८ देखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । यसअघि हिजो साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो ।

अस्पताल स्तरोन्नतिको विषयलाई लिएर हिजो भएको झडपमा एक जनाको मृत्यु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

कार्यालयले पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

निषेधित समय र क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिँड्डुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने जनाइएको छ ।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

हिजो भएको झडपमा प्रहरीले गोली चलाउँदा बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १० : २८ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत