सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, अपराह्न ४ बजे फेरि बस्ने « Khabarhub

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, अपराह्न ४ बजे फेरि बस्ने


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार सामान्य छलफल भएर बैठक सकिएको छ । उनले खबरहबलाई भने, ‘सिटका विषयमा सामान्य छलफल भयो । हामी सबैले पार्टीको धारणा राख्यौँ ।’

बैठकमा उपस्थित एक नेताका अनुसार कांग्रेसले सिट बढी मागेको र साना दल नाउपा र जनमतले पनि भाग खोजेका कारण सिट मिलाउन समस्या भएको छ ।

ती नेताले भने, ‘एक पटक पुनः आफ्नो आफ्नो पार्टीमा छलफल गरेर ४ बजे पुनः बैठक बस्ने गरी अहिले सकिएको छ ।’

 यसैबीच कांग्रेस नेता रमेश लेखककाअनुसार गठबन्धनले एमालेसँग साझेदारी नगर्ने सहमति जुटेको छ । 

उनले भने, ‘गठबन्धनकैबीचमा सिटको बाँडफाँड हुन्छ । गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’

४ बजे चार दलको बैठक बस्ने र ५ बजे सत्तामा साझेदार गर्ने अन्य दललाई पनि समावेश गरिने छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १२ : ५२ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको