बरहथवा घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त « Khabarhub

बरहथवा घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेसले सर्लाहीको बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर एकजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी सर्लाहीको बरहथवामा शुक्रबार सुरक्षाकर्मीको गोली लागेर स्थानीय जयशङ्कर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएका घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

कांग्रेसले मृतकमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । उक्त पार्टीले घटनाको सत्य-तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नाका साथै घाइते भएकाको उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज विषयमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ ।

मुख्यसचिव पौडेलले हरेक नागरिकले आफ्ना अधिकारका विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित हुन अपिल गरेका छन्  । 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १ : १८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर