पश्चिम म्याग्दीका महिला फुटबलप्रति आकर्षित « Khabarhub

पश्चिम म्याग्दीका महिला फुटबलप्रति आकर्षित


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको मालिका गाउँपालिका–६ की रोशनी पुन केवी एकेडेमीको मैदानमा फुटबल खेल्दै गरेको भेटिन्छन् । उनी जस्तै २० देखि  ३० वर्ष हाराहारी उमेरका महिला बिहान र बेलुकीको फुर्सदको समयमा फुटबल खेल्ने गर्छन् । भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ । 

यही पुस पहिलो साता दरबाङमा सम्पन्न सातौँ करवीर कप प्रतियोगिताको मुख्य आकर्षण नै महिला फुटबल बनेको स्थानीय अगुवा हिराबहादुर पुनले बताए ।

दरबाङस्थित पुरानो जनप्रिय खेलमैदान युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ  । यो खेल मैदानमा बिहान र बेलुकी फुटबल खेल्ने महिला तथा पुरुषको जहिले पनि भीड लाग्ने गरेको स्थानीय खेल प्रशिक्षक तेन्जिङ लामाले बताए ।

खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट बञ्चित बनेका बालबालिकादेखि युवापुस्ताका लागि जनप्रियको पुरानो खेलमैदान र केवि एकेडेमीको खेलमैदान उपयुक्त स्थान बनेका उनको भनाइ छ । त्यसैगरी मालिका, मंगला र धवलागिरि गाउँपालिकाका महिला पनि पछिल्लो समय फुटबल खेलप्रति आकर्षित भएका छन् ।

हिउँदका छ महिना जिल्लाका ग्रामीण भेग मेला र पर्वमय हुने गर्दछन्। विद्यालय, युवा क्लब, आमा समूह, स्थानीय निकायलगायत विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने यस्ता मेला तथा पर्वमा स्थानीय महिलाको सहभागिता र उपस्थिति पुरुषको तुलनामा बढी हुने गर्दछ । यस्तै मेला पर्वको अवसरमा यहाँका महिला पनि विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै प्रतिस्पर्धा गर्ने गरेका धवलागिरि युवा नगेन्द्र मल्लले बताए  ।

‘दरबाङको केवी एकेडेमीमा आयोजित महिला फुटबल प्रतियोगिता हेर्न लायकको थियो’, उनले भने, ‘फुटबलप्रति महिलाको आकर्षण कति रहेछ भन्ने बुझ्न त्यही एउटा प्रतियोगिता नै काफी छ, यस्तै प्रतियोगिता पश्चिम म्याग्दीका अरू ठाउँमा पनि हुने गरेका छन्, ती ठाउँमा पनि फुटबलप्रेमी महिलाको सङ्ख्या बाक्लो देखिन्छ ।’

जिल्ला फुटबल सङ्घ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पछिल्लो समय खेलकुद र त्यसमा पनि फुटबल तथा भलिबलप्रति म्याग्दीका ग्रामीण महिला निकै आकर्षित भएका बताए । 

    फुटबलभन्दा फुटसल सजिलो 

यहाँका महिलाले फुटबलभन्दा फुटसल खेलमा बढी रुचि देखाउन थालेका छन् । ‘फुटबल पहिलाबाटै खेल्दै आएको हो, तर हामीलाई फुटबलभन्दा फुटसल निकै सजिलो लाग्ने गर्छ’, फुटबल खेलाडी मनिका रोकाले भनिन्, ‘फुटसल र फुटबल एकै प्रकृतिका खेल भए पनि यसको नियम र खेल्न तरिका फरक छन्, फुटबलमा ११ खेलाडी उत्रन्छन्, फुटसलमा पाँच खेलाडी भिड्छन्, फुटबल खेल ४५–४५ मिनेटको दुई हाफमा विभाजन गरी ९० मिनेट खेलाइन्छ, फुटसल २०–२० मिनेट गरी दुई हाफमा ४० मिनेट खेलिन्छ, त्यसैले हामीलाई यही सजिलो हुन्छ ।’

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  २ : २८ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट