बाहुनडाँगीमा तरुल उत्सवको तयारी « Khabarhub

बाहुनडाँगीमा तरुल उत्सवको तयारी


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ । आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो ।

मेचीनगर नगरपालिका-४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताए । परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उनले जानकारी दिए ।

‘हाम्रा परम्परागत खानेकुरामा तरुलको ठूलो महत्व छ । मानव जातिले जङ्गली जीवनदेखि नै तरुल, गिठ्ठा र भ्याकुर खाएर सभ्यतालाई अघि बढाएका थिए’, वडाध्यक्ष कार्कीले भने , ‘हामीले अग्र्यानिक र ग्रामीण खानेकुराको संरक्षण र प्रचारमा सबैको ध्यान जाओस् भनेर उत्सवको आयोजना गरेका हौँ ।’ उनले कमल गाउँपालिका–२ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुल समेत प्रदर्शनमा राखिने जानकारी दिए ।

वडाध्यक्ष कार्कीका अनुसार उत्सवमा घर, वन, सिमल, सिठुनीलगायत विभिन्न प्रजातिका तरुल राखिने छन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ४ : ४५ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा