चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशन « Khabarhub

चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशन


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशनले विविध विधेयक र १० सार्वजनिक महत्वका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ ले दिएको अधिकार प्रयोग गरी आवश्यक ऐन, कानुन तर्जुमा गरी नगरपालिकाअन्तर्गतको प्रशासनिक कार्यविधिलाई नियमित गर्न विधेयक पास गरेको आज नगर प्रमुख जीवन खत्रीले जानकारी दिए  ।

नगर प्रमुख खत्रीले नगरपालिकामा यसअघिको कार्यकालदेखि रहेको बेरुजु फछ्र्यौट गर्ने कार्यलाई तीव्रता दिएको जानकारी दिँदै कूल रु २० करोड ४० लाख ८२ हजार बेरुजुमध्ये रु तीन करोड एक लाख ४६ हजार नौ सय ७४ को बेरुजु फछ्र्यौट गरिएको बताए । 

सभाले काठमाडौँ उपत्यका विकास प्राधिकरणले विगत सात वर्षदेखि स्मार्ट सिटीका नाममा रोक्का राखेको जग्गा फुकुवाका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने, विद्युत् प्राधिकरणबाट नगरभित्रका सडक तथा सार्वजनिक क्षेत्रमा खपत भएको विद्युत् महसुल बक्यौता प्रमाणबिना भुक्तानी नगर्ने र नगरपालिकाले त्यस्ता बक्यौता सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले जानकारी दिए।

त्यस्तै नगरवासीलाई नगरपालिकाको कार्यालयसम्म सार्वजनिक यातायातमा आउन सहज बनाउनका लागि यातायात व्यवसायीसँग समन्वय गरेर सार्वजनिक यातायातको प्रवर्द्धन गर्ने अधिकार कार्यपालिकालाई दिने निर्णयसमेत गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ५ : ३० बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा