चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशन « Khabarhub

चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशन


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशनले विविध विधेयक र १० सार्वजनिक महत्वका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ ले दिएको अधिकार प्रयोग गरी आवश्यक ऐन, कानुन तर्जुमा गरी नगरपालिकाअन्तर्गतको प्रशासनिक कार्यविधिलाई नियमित गर्न विधेयक पास गरेको आज नगर प्रमुख जीवन खत्रीले जानकारी दिए  ।

नगर प्रमुख खत्रीले नगरपालिकामा यसअघिको कार्यकालदेखि रहेको बेरुजु फछ्र्यौट गर्ने कार्यलाई तीव्रता दिएको जानकारी दिँदै कूल रु २० करोड ४० लाख ८२ हजार बेरुजुमध्ये रु तीन करोड एक लाख ४६ हजार नौ सय ७४ को बेरुजु फछ्र्यौट गरिएको बताए । 

सभाले काठमाडौँ उपत्यका विकास प्राधिकरणले विगत सात वर्षदेखि स्मार्ट सिटीका नाममा रोक्का राखेको जग्गा फुकुवाका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने, विद्युत् प्राधिकरणबाट नगरभित्रका सडक तथा सार्वजनिक क्षेत्रमा खपत भएको विद्युत् महसुल बक्यौता प्रमाणबिना भुक्तानी नगर्ने र नगरपालिकाले त्यस्ता बक्यौता सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले जानकारी दिए।

त्यस्तै नगरवासीलाई नगरपालिकाको कार्यालयसम्म सार्वजनिक यातायातमा आउन सहज बनाउनका लागि यातायात व्यवसायीसँग समन्वय गरेर सार्वजनिक यातायातको प्रवर्द्धन गर्ने अधिकार कार्यपालिकालाई दिने निर्णयसमेत गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ५ : ३० बजे

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको