राष्ट्रियसभाको सिटमा मिलेन गठबन्धनको भागबन्डा « Khabarhub

राष्ट्रियसभाको सिटमा मिलेन गठबन्धनको भागबन्डा


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा सिट बाँडफाँटको विषय टुङ्ग्याउन बसेको बैठकमा दलहरुबीच कुरा नमिलेको हो ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायत गठबन्धनमा आबद्ध दलका नेताहरुको सहभागिता थियो ।

बैठकमा मुख्य चार दलबीच सिट विभाजनमा कुरा नमिलेको बुझिएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले खबरहबलाई भने, “कांग्रेस, माओवादी र जसपाबीच सिट विभाजनमा कुरा मिलेको छैन ।”

उनका अनुसार राष्ट्रिय जनमोर्चाले पनि १ सिटमा दाबी गरेको छ । स्रोतका अनुसार कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ । दुई सिट पाउने लगभग पक्का भएपनि जसपाले तीन सिटमा दाबी गरेको छ ।

नागरिक उन्मुक्ति, जनमत र जनमोर्चालाई १-१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन ।

बालुबाटार स्रोतले खबरहबलाई दिएको जानकारी अनुसार अहिले पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुबीच अनौपचारिक छ्लफल भइरहेको छ ।

यो पनि…

राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ?

नेकपा एकीकृतको बैठक सकियो, राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ०३ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको