राष्ट्रियसभाको सिटमा मिलेन गठबन्धनको भागबन्डा « Khabarhub

राष्ट्रियसभाको सिटमा मिलेन गठबन्धनको भागबन्डा


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा सिट बाँडफाँटको विषय टुङ्ग्याउन बसेको बैठकमा दलहरुबीच कुरा नमिलेको हो ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायत गठबन्धनमा आबद्ध दलका नेताहरुको सहभागिता थियो ।

बैठकमा मुख्य चार दलबीच सिट विभाजनमा कुरा नमिलेको बुझिएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले खबरहबलाई भने, “कांग्रेस, माओवादी र जसपाबीच सिट विभाजनमा कुरा मिलेको छैन ।”

उनका अनुसार राष्ट्रिय जनमोर्चाले पनि १ सिटमा दाबी गरेको छ । स्रोतका अनुसार कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ । दुई सिट पाउने लगभग पक्का भएपनि जसपाले तीन सिटमा दाबी गरेको छ ।

नागरिक उन्मुक्ति, जनमत र जनमोर्चालाई १-१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन ।

बालुबाटार स्रोतले खबरहबलाई दिएको जानकारी अनुसार अहिले पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुबीच अनौपचारिक छ्लफल भइरहेको छ ।

यो पनि…

राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ?

नेकपा एकीकृतको बैठक सकियो, राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ०३ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले