सबै राष्ट्रिय शक्ति गोलबद्ध हुन आवश्यक : पोखरेल « Khabarhub

सबै राष्ट्रिय शक्ति गोलबद्ध हुन आवश्यक : पोखरेल


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय स्वार्थका विषयप्रति स्पष्ट हुनुपर्ने बताएका छन् । ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको ३६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकीसँग आँखा जुधाएर कुरा गर्ने सामार्थ्य राख्नुपर्नेमा पनि जोड दिए।

पोखरेलले भू–राजनीतिक संवेदनशीलताका कारण नेपाल धरै किसिमका सङ्कट झेल्नका लागि बाध्य बनेको धारणा राखे । “विभिन्न खाले सङ्कट समाधानका लागि राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता छ । राष्ट्रिय शक्ति एकताबद्ध भएर मात्रै भू-राजनीतिक संवेदनशीलताबाट सिर्जित समस्यासँग हामी जुध्न सक्छौँ र राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र अखण्डताको रक्षा गर्न सक्छौँ”, उनले भने।

सामाजिक सद्भावमा राष्ट्रिय एकता टिकेको भन्दै सामाजिक सद्भाव खलबलियो भने राष्ट्रिय एकता कमजोर र स्वाधिनतामा आँच पुग्ने उनको भनाइ छ ।

सोही अवसरमा पोखरेलले महासङ्घले प्रकाशन गरेको ‘जबजको सौन्र्दय चिन्तन’ नामक पुस्तक विमोचन गरे ।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पुस्तकले सांस्कृति क्षेत्रको अन्योललाई चिर्न मद्दत गर्ने बताए । महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले पुस्तकमा जनताको बहुदलीय जनवादले देखाएको मार्गनिर्देशक सिद्धान्तलाई नेपालको परिवेशअनुसार सामाजिक, सांस्कृतिक कोणबाट विश्लेषण गरिएकोे बताए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ५७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको