भारतको लक्षद्विपमा सबमरिन अप्टिकल फाइबर परियोजना सुरु « Khabarhub

भारतको लक्षद्विपमा सबमरिन अप्टिकल फाइबर परियोजना सुरु


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पश्चिमी तटमा अवस्थित लक्षद्विप टापुमा १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको लागतमा सबमरिन अप्टिकल फाइबर परियोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीले लक्षद्विपको राजधानी कभारात्तीमा आयोजित एक कार्यक्रममाझ उक्त परियोजनाको उद्घाटन गरेका हुन् ।

कोची लक्षद्विप आइल्याण्ड सबमरिन अप्टिकल फाइबल कनेक्सन (केएलआई–एसओएफसी) नाम दिइएको उक्त परियोजनाले १ हजार ८ सय ६८ किलोमिटरको भूभागमा तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने भारतीय सञ्चार माध्यम इण्डियाब्लुम्सले जनाएको छ ।

यससँगै ३६ स–साना टापुहरु मिलेर बनेको यस क्षेत्र स्वतन्त्रतायता पहिलो पटक सबमरिन अप्टिकल फाइबरले जोडिने भएका हुन् ।

१ हजार ७२ कारोड भारतीय रुपैयाँ लागत रहेको यस परियोजनाले सो लक्षद्विपमा तीव्र गतिको इन्टरनेट सेवा दिनुका साथै प्रविधि, ऊर्जा, जलस्रोत, स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १२ : ४४ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा