भारतको लक्षद्विपमा सबमरिन अप्टिकल फाइबर परियोजना सुरु « Khabarhub

भारतको लक्षद्विपमा सबमरिन अप्टिकल फाइबर परियोजना सुरु


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पश्चिमी तटमा अवस्थित लक्षद्विप टापुमा १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको लागतमा सबमरिन अप्टिकल फाइबर परियोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीले लक्षद्विपको राजधानी कभारात्तीमा आयोजित एक कार्यक्रममाझ उक्त परियोजनाको उद्घाटन गरेका हुन् ।

कोची लक्षद्विप आइल्याण्ड सबमरिन अप्टिकल फाइबल कनेक्सन (केएलआई–एसओएफसी) नाम दिइएको उक्त परियोजनाले १ हजार ८ सय ६८ किलोमिटरको भूभागमा तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने भारतीय सञ्चार माध्यम इण्डियाब्लुम्सले जनाएको छ ।

यससँगै ३६ स–साना टापुहरु मिलेर बनेको यस क्षेत्र स्वतन्त्रतायता पहिलो पटक सबमरिन अप्टिकल फाइबरले जोडिने भएका हुन् ।

१ हजार ७२ कारोड भारतीय रुपैयाँ लागत रहेको यस परियोजनाले सो लक्षद्विपमा तीव्र गतिको इन्टरनेट सेवा दिनुका साथै प्रविधि, ऊर्जा, जलस्रोत, स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १२ : ४४ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका