विवादित दक्षिण चीन सागरमा चीनको नौसैनिक अभ्यास « Khabarhub

विवादित दक्षिण चीन सागरमा चीनको नौसैनिक अभ्यास


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले विवादित दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेपछि सो क्षेत्रमा तनाव बढेको छ । चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमाण्डले दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेको हो ।

जनमुक्ति सेनाले गस्तीबारे थप विवरण भने उपलब्ध नगराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जनमुक्ति सेना गस्तीलाई ‘नियमित’ सैनिक गतिविधिको संज्ञा दिएको छ ।

पछिल्लो समय दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ नौसेनाबीच तनाव उत्कर्षमा रहेका बेला चिनियाँ जनमुक्ति सेनाले नौसैनिक गस्तीको घोषणा गरेको हो ।

चीनले अन्तर्राष्ट्रिय अदालतको फैसलाको बेवास्ता गर्दै दक्षिण चीन सागरको सम्पूर्ण क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ । यद्यपि सो क्षेत्रमा चीनबाहेक फिलिपिन्स, भियतनाम, मलेशिया, इण्डोनेशिया, ब्रुनाइजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ०४ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश