कांग्रेसको कोशी संवाद : विधान परिमार्जनको माग « Khabarhub

कांग्रेसको कोशी संवाद : विधान परिमार्जनको माग


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली कांग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ । सुनसरीको इटहरीमा आज सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित हुँदै जानुपर्नेमा जोड दिएका छन् ।

केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधिद्वारा बहुमतले चुनिनुपर्ने व्यवस्था हुनुपर्ने, पिछाडिएको वर्ग, लिङ्ग, समुदाय, अवसरबाट वञ्चित व्यक्ति नै समानुपातिक सूचीमा हुनुपर्ने, वडा तहलाई मजबुत बनाउँदै पार्टीले केन्द्रीय मूल्याङ्कन विभाग बनाउनुपर्ने र व्यवस्थित तरिकाले प्रविधिको प्रयोगमा मूल्याङ्कन हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको जोड छ ।

संवादमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट २८ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि, जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापतिसहित पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतको उपस्थिति थियो ।

सङ्घीयताका सवाल, निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधार, नेता र जनप्रतिनिधिलाई कसरी जवाफदेही र उत्तरदायी बनाउने, नेताको चरित्रलाई कसरी लोकतान्त्रिक बनाउने, पार्टी विधानमा सुधार परिमार्जन र संशोधन गर्नुपर्ने विषय, विधानमा समेट्नुपर्ने वैकल्पिक अवधारणासम्बन्धी विषयमा समूहगत छलफल भएको थियो ।

सहभागीबाट आएका महत्त्वपूर्ण सुझावलाई महासमिति बैठकमा उठाउनुपर्ने कार्यक्रमका सभापति एवं सुनसरी जिल्ला सभापति केदार भण्डारीले बताए । समूहगत छलफलबाट आएका सुझावलाई आगामी फागुन ७ गते हुने महासमिति बैठकमा प्रस्तावका रूपमा लगिने सहभागी कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझाले बताए।

त्यसैगरी आम मानिसको चाहना युवा नेतृत्व रहेकाले अबको पार्टी नेतृत्व युवा पिँढीलाई हस्तान्तरण गर्नुपर्नेतर्फ लाग्नुपर्ने महासमिति सदस्य उमा शिवाकोटीले बताइन् । उनले भनिन्, “भावी नेतृत्वको विषयमा छलफल हुँदा आमनागरिक कार्यकर्ताको मन जित्दै परिवर्तनलाई स्वीकार गरी अघि बढ्नसक्ने भावी नेतृत्वको विषयमा महासमिति बैठकमा छलफल हुनुपर्छ ।” त्यसैगरी इलाम रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङले पार्टी नेतृत्व चिन्तित हुनुपर्ने र जनतासँग पार्टी नेतृत्व पुग्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १० : २२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका