आज २०८० साल माघ २३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २३ गते मंगलबारको राशिफल


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २३ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी ६ तारिख। एकादशी तिथि। आज धनमा चन्द्रमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोली नम्र राख्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। साथीसँग रमाइलो भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृष : दैनिकी राम्रो छ । आर्थिक क्षेत्र सबल छ । रिवारिक घुमघाममा रमाइलो हुनेछ। गुरुबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मिथुन : समय राम्रो छ। नयाँ ठाउँको यात्रा रमाइलो बन्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा भने त्यत्ति राम्रो नहुनसक्छ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय सामान्य राम्रो छ। झुटा आरोप सुन्नुपर्ने बाध्यता आइलाग्न सक्छ। आफूले गरेको कामको जस अरुले लिएर दोष लगाउन सक्छन्। पन्छीलाई दाना प्रदान गर्नु राम्रो हुन्छ। परिवारसँग भने झगडा हुनसक्छ।

सिंह : दिन राम्रो छ। आफ्नो भाग्य आफै बनाउन लाग्नुपर्छ। लगानीको क्षेत्रमा राम्रो छ। स्वदेशमै प्राप्त रोजगारीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा समस्या हुनसक्छ।

कन्या : दिन राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। व्यवसाय राम्रो हुनेछ।

तुला : दिन राम्रो छ। सोचेको भन्दा राम्रो काम बन्नेछ। शिक्षा क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। परिवारको सहयोगले मनमा उत्साह मिल्नेछ।

वृश्चिक : समय सामान्य राम्रो छ। लगानीको क्षेत्र विवादित बन्नसक्छ। आरोप सुन्नुपर्ने हुनसक्छ। अचानक विवादमा फस्ने खतरा भएकाले सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ।

धनु : दिन रमाइलोसँग बित्नेछ। चन्द्रमा दाहिना भएकाले कामको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको मेहनतबाट फाइदा हुनेछ। रोजगारीको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : दिन सामान्य छ। यात्रामा जोखिम हुनसक्छ। सवारी साधनको गति नियन्त्रण आवश्यक देखिन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। स्वदेश भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ। योजना सार्वजनिक गर्दा घाटा हुने जोखिम रहन्छ।

कुम्भ : समय सामान्य छ। विश्वास गरेका पात्रबाट धोखा हुने योग रहेको छ। कर्म गर्दै हुनुहुन्छ भने न्याय मिल्नेछ। आर्थिक क्षेत्र सबल छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। काम सफल बन्नेछ। खर्च बढी हुने योग छ। परिवारसँग रमाइलो भ्रमण हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जुनसुकै क्षेत्रमा गरेको लगानीबाट पनि फाइदा हुनेछ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : १७ बजे

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका