संघीय संसदका विभिन्न आठ समितिको बैठक बस्दै | Khabarhub Khabarhub

संघीय संसदका विभिन्न आठ समितिको बैठक बस्दै


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २४औँ बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्नेछ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन– २०८० (मस्यौदा माथि) पेश तथा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

यसैगरी, आज राज्य व्यवस्था तथा सुशासन समितिको २२औँ बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

यता, राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने बताइएको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा स्थानीय तहको कानून निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा खानेपानी मन्त्री महिन्द्र राय यादव र सचिव सुरेश आचार्यलाई आमन्त्रण गरिएको छ ।

यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा १६औँ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूको सम्बन्धमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ६ : ३७ बजे

यस वर्ष डेंगु बढ्नसक्ने भन्दै सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्ने चेतावनी दिएको

जैविक ऊर्जा र प्लाइउडका कच्चापदार्थमा भ्याट नलगाउन आग्रह

काठमाडौं– आगामी वर्षको बजेटमार्फत दाउरा, वनमारालगायतका वनपैदावारमा सरकारले मूल्य अभिवृद्धि

यी हुन् मुख्यसचिवसहित भ्रष्टाचारमा तानिएका १२ जना, ३८ करोड ६७ लाख बिगो दाबी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा दबाबको अभ्यास गर्दै अर्थमन्त्री

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रकरण ६

वामदेवको तर्क : सबै भूमि राष्ट्रियकरण नगरेसम्म देश अघि बढ्न सक्दैन

काठमाडौं- राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म