जब अमिर पूर्वपत्नीले लिएको अडिसनबाट अस्वीकार भए… « Khabarhub

जब अमिर पूर्वपत्नीले लिएको अडिसनबाट अस्वीकार भए…


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमिर खानकी पूर्वपत्नी किरण राव १३ वर्षपछि फिल्म निर्देशनमा फर्किएकी छिन् । उनको निर्देशन रहेको फिल्म ‘लापता लेडिज’ मार्च १ मा प्रदर्शनमा आउँदैछ ।

अमिर खानको लगानी रहेको यो फिल्म बहुप्रतिक्षित सावित भएको छ । फिल्मको टेलरले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रदर्शनको दिन नजिकिँदै गर्दा निर्देशक रावले फिल्मका लागि अमिर खानले अडिसन दिएको तर आफूले अस्वीकार गरेको खुलासा गरेकी छिन् ।

रावका अनुसार रवि किशनले निर्वाह गरेको प्रहरीको भूमिकामा अमिरले देखिने इच्छा व्यक्त गरेका थिए । त्यसका लागि उनले मेकअप र पोशाक लगाएर स्क्रिन टेस्टसमेत गरेका थिए ।

अमिरले अडिसनमा राम्रो प्रस्तुती दिए पनि फिल्ममा नलिएको रावले ‘द विक’मा अन्तर्वार्तामा खुलासा गरेकी हुन् ।

रवि किशनको अडिसनमा सो पात्र नयाँपन चित्रण भएको महसुस भएपछि अमिर फिल्मबाट बाहिरिने पक्का भएको उनी बताउँछिन् । उनी अमिरलाई फिल्ममा नलिनुको अर्को कारण थप्छिन्, ‘अमिरले कुनै पात्रमा अनुबन्ध हुँदा दर्शकको अपेक्षा बढ्ने गर्छ ।’

फिल्ममा अस्वीकार गरेको विषयलाई अमिरले सहजरूपमा लिएको रावको भनाइ छ । उनी भन्छिन्, ‘रवि किशनले आफू खेल्न चाहेको भूमिका न्यायपूर्ण तरिकाले निर्वाह गर्नेमा अमिर पनि ढुक्क थिए ।’

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ३२ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ