जब अमिर पूर्वपत्नीले लिएको अडिसनबाट अस्वीकार भए... | Khabarhub Khabarhub

जब अमिर पूर्वपत्नीले लिएको अडिसनबाट अस्वीकार भए…


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमिर खानकी पूर्वपत्नी किरण राव १३ वर्षपछि फिल्म निर्देशनमा फर्किएकी छिन् । उनको निर्देशन रहेको फिल्म ‘लापता लेडिज’ मार्च १ मा प्रदर्शनमा आउँदैछ ।

अमिर खानको लगानी रहेको यो फिल्म बहुप्रतिक्षित सावित भएको छ । फिल्मको टेलरले राम्रो प्रतिक्रिया पाएको छ ।

प्रदर्शनको दिन नजिकिँदै गर्दा निर्देशक रावले फिल्मका लागि अमिर खानले अडिसन दिएको तर आफूले अस्वीकार गरेको खुलासा गरेकी छिन् ।

रावका अनुसार रवि किशनले निर्वाह गरेको प्रहरीको भूमिकामा अमिरले देखिने इच्छा व्यक्त गरेका थिए । त्यसका लागि उनले मेकअप र पोशाक लगाएर स्क्रिन टेस्टसमेत गरेका थिए ।

अमिरले अडिसनमा राम्रो प्रस्तुती दिए पनि फिल्ममा नलिएको रावले ‘द विक’मा अन्तर्वार्तामा खुलासा गरेकी हुन् ।

रवि किशनको अडिसनमा सो पात्र नयाँपन चित्रण भएको महसुस भएपछि अमिर फिल्मबाट बाहिरिने पक्का भएको उनी बताउँछिन् । उनी अमिरलाई फिल्ममा नलिनुको अर्को कारण थप्छिन्, ‘अमिरले कुनै पात्रमा अनुबन्ध हुँदा दर्शकको अपेक्षा बढ्ने गर्छ ।’

फिल्ममा अस्वीकार गरेको विषयलाई अमिरले सहजरूपमा लिएको रावको भनाइ छ । उनी भन्छिन्, ‘रवि किशनले आफू खेल्न चाहेको भूमिका न्यायपूर्ण तरिकाले निर्वाह गर्नेमा अमिर पनि ढुक्क थिए ।’

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ३२ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको