सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन | Khabarhub Khabarhub

सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान १० लाख र सहकारीको पाँच लाख गरी ३० लाख रुपैयाँमा उद्योग सञ्चालनमा ल्याइएको हो ।

नगरपालिका क्षेत्रमा उत्पादन हुने तोरी किसानबाट खरिद गरी उद्योगमा प्रशोधन गरी उपभोक्ताको घरघरमा  तोरीको तेल पुर्‍याउने उद्देश्यले उद्योग सञ्चालन गरिएको छ ।

उद्योग सञ्चालनमा आएपछि तोरी बिक्रीका लागि किसानलाई सहज हुने भएको छ । बजारमा पाउने मिसावट भएको तेललाई विस्थापित गरी उपभोक्ताको स्वास्थ्यमा सुधार ल्याई नगरपालिकाले आफ्नो छुट्टै पहिचान भएको तोरीको तेल ब्राण्डिङ गरेर बजारमा ल्याई बिक्रीवितरण गर्ने उद्देश्य राखेको सहकारीकी अध्यक्ष सीता चौधरीले बताइन् ।

‘दुई किलो ५० ग्राम तोरीबाट एक लिटर तेल उत्पादान हुन्छ, यसमा तोरीको मूल्य दुई सय ८०, बोतलसँगै बिर्को र ढुवानी १३, स्टिकर १२, श्रम लागत १३ गरी तीन सय २३ मा तेल बिक्री मूल्य राखेका छौँ’, उनले भनिन्, ‘उद्योगलाई मुनाफाका रूपमा खली पिना रहेको छ, यसको मूल्य प्रतिकिलो लगभग ३४ रुपैयाँ पर्छ ।’

सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्राण्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । सहकारीले उपसमिति बनाएर उद्योग सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाउने उनको भनाइ छ ।

स्थानीय किसान धर्मराज चौधरीले नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि अग्रणी भए पनि बजार खोज्न निकै अप्ठेरो रहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि सहजरूपमा तोरी बिक्री हुने बताए ।

नगरप्रमुख पोतिलाल चौधरीले नगर क्षेत्रमा तोरी पेल्ने उद्योग भए पनि प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग पहिलोपटक सञ्चालनमा आएको बताए ।

किसानलाई उन्नत तोरीको खेती गर्न नगरपालिकाका तर्फबाट अनुदानका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । उद्योग सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्न चार महिना समय लाग्ने, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिन वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्ने, बोतलका लागि आफ्नै डाइसाँचो हुनुपर्नेलगायतका यावत समस्या भए पनि तोरी उत्पादनको सिजन भएकाले उद्योग उद्घाटन गरी सुरु गर्ने लक्ष्य लिइएको नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले बताए ।

नगरपालिका क्षेत्रको खुला सीमानाकाबाट अखाद्य खानेतेल दैनिक भित्रिने गरेकाले यस क्षेत्रका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उनको भनाइ छ ।

यस विषयमा नगरपालिकाले विश्लेषण गरी नगरवासीलाई शुद्ध तोरीको तेल उपभोग गर्न भारतबाट आयात हुने अखाद्य तेललाई विस्थापित गर्नका लागि सहकारीसँग सम्झौता गरी शुद्ध तोरीको तेल उत्पादन गरी नगरवासीको घरघरका भान्सामा आपूर्ति गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : ५६ बजे

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो