बेलायती नरेश चाल्र्स तृतीयलाई क्यान्सर पुष्टि « Khabarhub

बेलायती नरेश चाल्र्स तृतीयलाई क्यान्सर पुष्टि


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती नरेश चाल्र्स तृतीयलाई क्यान्सर रोग लागेको पुष्टि भएको छ । बकिङ्घम दरबारले विज्ञप्ति जारी गर्दै चाल्र्सलाई क्यान्सर लागेको घोषणा गरेको हो । बकिङ्घम दरबारले क्यान्सरको पुष्टि भएसँगै चाल्र्सले आफ्ना शाही कर्तव्य र सार्वजनिक कार्यक्रमहरू स्थगित गर्ने पनि जनाएको छ । 

अब चाल्र्सले आफ्नो उपचारलाई प्राथमिकता दिने दरबारलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । उनी पूर्ण रुपमा सकारात्मक रहेको पनि दरबारको भनाइ छ ।

७५ वर्षीय चाल्र्स आमा महारानी एलिजावेथ द्वितीयको निधनसँगै सन् २०२२ मा बेलायतको राजा बनेका थिए । चाल्र्सले उपचारहरुको श्रृङ्खला सुरु गरिसकेको र सक्दो छिटो शाही कामकाजमा फर्कन प्रतीक्षारत रहेको पनि दरबारले जनाएको छ । यसअघि उनले तीन रात अस्पतालमा बिताएका थिए । स्वास्थ्य जाँचका क्रममा उनको प्रोस्टेटमा समस्या देखिएको थियो ।

दरबारले चाल्र्समा ‘एक किसिमको क्यान्सर’ देखिएको जनाएपनि यसबारे अधिक जानकारी दिएको छैन ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ५९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन