विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक « Khabarhub

विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौंन्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडेका छन्, जसको ३० टेस्ट शतक छ।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा विलियमसनले १०९ रनको इनिङ खेलेका थिए । उनले पहिलो इनिङ्समा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए ।

माउन्ट मङ्गानुईस्थित बे ओभल मैदानमा न्यूजील्याण्डले दक्षिण अफ्रिकामाथि ५२८ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदासम्म न्युजिल्याण्डले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १७९ रन बनाएको छ । पहिलो इनिङ्समा न्युजिल्यान्डले ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १६२ रन बनाएको थियो । 

तेस्रो नम्बरमा आएका विलियम्सनले ओपनर डेभोन कोनवेसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे । कोनवे २९ रन बनाएर आउट भए र उनीहरुको साझेदारी टुट्यो । उनीपछि रचिन रविन्द्र पनि १२ रन बनाएर आउट भए । तेस्रो दिनको खेल सकिन ४ ओभरअघि विलियम्सनले शतक पूरा गरेका थिए । शतकपछि उनले छिटो खेल्न थाले पनि १०९ रन बनाएर आउट भए ।

सक्रिय खेलाडीमध्ये विलियम्सनभन्दा अष्ट्रेलियाका स्टिभ स्मिथले मात्र बढी शतक प्रहार गरेका छन् । उनको नाममा ३२ शतक छ । विलियम्सनले पहिलो इनिङ्समा आफ्नो ३०औँ शतक प्रहार गर्दै भारतका विराट कोहलीलाई पछाडि छोडेका थिए । विराटको नाममा २९ टेस्ट शतक छ । 

दक्षिण अफ्रिकाले तेस्रो दिन आफ्नो पहिलो इनिङ्समा १६२ रन बनाएर अलआउट भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : १५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।