विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक « Khabarhub

विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौंन्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडेका छन्, जसको ३० टेस्ट शतक छ।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा विलियमसनले १०९ रनको इनिङ खेलेका थिए । उनले पहिलो इनिङ्समा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए ।

माउन्ट मङ्गानुईस्थित बे ओभल मैदानमा न्यूजील्याण्डले दक्षिण अफ्रिकामाथि ५२८ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदासम्म न्युजिल्याण्डले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १७९ रन बनाएको छ । पहिलो इनिङ्समा न्युजिल्यान्डले ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १६२ रन बनाएको थियो । 

तेस्रो नम्बरमा आएका विलियम्सनले ओपनर डेभोन कोनवेसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे । कोनवे २९ रन बनाएर आउट भए र उनीहरुको साझेदारी टुट्यो । उनीपछि रचिन रविन्द्र पनि १२ रन बनाएर आउट भए । तेस्रो दिनको खेल सकिन ४ ओभरअघि विलियम्सनले शतक पूरा गरेका थिए । शतकपछि उनले छिटो खेल्न थाले पनि १०९ रन बनाएर आउट भए ।

सक्रिय खेलाडीमध्ये विलियम्सनभन्दा अष्ट्रेलियाका स्टिभ स्मिथले मात्र बढी शतक प्रहार गरेका छन् । उनको नाममा ३२ शतक छ । विलियम्सनले पहिलो इनिङ्समा आफ्नो ३०औँ शतक प्रहार गर्दै भारतका विराट कोहलीलाई पछाडि छोडेका थिए । विराटको नाममा २९ टेस्ट शतक छ । 

दक्षिण अफ्रिकाले तेस्रो दिन आफ्नो पहिलो इनिङ्समा १६२ रन बनाएर अलआउट भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : १५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक