जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण | Khabarhub Khabarhub

जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरूप प्रदान गरेको छ । जापानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त सामग्री जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरे । 

त्यस अवसरमा नेपाल जुडो सङ्घका पदाधिकारी तथा सदस्य, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलगायत सहभागी थिए। राजदूत किकुताले यस सहयोगबाट एसियाली खेलकुद ऐची–नागोया २०२६ लाई लक्षित गरी प्रशिक्षण गरिरहेका नेपालका जुडो खेलाडीलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे । उक्त सामग्री अल जापान जुडो फेडेरेसन र ‘जुडोज’द्वारा प्रदान गरिएको हो ।

सो अवसरमा राजदूत किकुताले जुडोले खेलाडीका लागि कौशलता स्वस्थ शरीरका साथै युवाहरूको शारीरिक र मानसिक विकासमा समेत मद्दत गर्न योगदान गर्ने उल्लेख गरे । 

जुडो सङ्घका अध्यक्ष बज्राचार्यले उक्त सहयोगले नेपालका जुडो खेलाडीहरू प्रोत्साहन हुने बताउँदै सहयोगका लागि जापानप्रति आभार व्यक्त गरेका थिए । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ३५ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो