सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिइने | Khabarhub Khabarhub

सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिइने


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौंभूमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीको परिवारका सदस्यलाई रोजगारीको व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् । 

आज मन्त्रालय स्तरीय बैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख व्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप रोजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् । बैठकमा मन्त्री चौधरी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नापी विभागका निर्देशक  प्रकाश जोशी लगायतका कर्मचारीहरू उपस्थित थिए । 

बैठकमा मन्त्री चौधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई रोजगारी दिने र गम्भीर घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् ।

सोमबार राति नवलपुर-मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बागमती नगरपालिका-११, कर्मैयाका ४५  वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ । घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ३ : ०७ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ