‘समुदायमा कांग्रेस’ अभियान स्थगित « Khabarhub

‘समुदायमा कांग्रेस’ अभियान स्थगित


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिए ।

पूर्वमन्त्री बुढाथोकीको माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका स्वर्गीय बुढाथोकीप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित माघ १३–२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको हो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ३ : १० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको